फाल्गुन १३,पोखरा – गोरखामा १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार जाजरकोटको नलगाड नगरपालिका– ८ घर भएका ३५ वर्षीय कमलबहादुर बोहरा पक्राउ परेका हुन् ।
उनी गोरखाको धार्चे गाउँपालिकास्थित एक विद्यालयका शिक्षक हुन् ।
प्रहरीका अनुसार पुसदेखि पटक–पटक किशोरीलाई बलात्कार गरेको भन्दै गत माघ २८ गते उनीविरूद्ध जाहेरी परेको थियो। सोही आधारमा उनलाई फागुन ७ गते पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीविरुद्ध जबरजस्ती करणी मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरेको जनाएको छ ।