बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News अफगानिस्तानमा असिना पानीका कारण २९ जनाको ज्यान गयो

अफगानिस्तानमा असिना पानीका कारण २९ जनाको ज्यान गयो

by sambridhaonline

फाल्गुन १४,पोखरा – अफगानिस्तानमा ठूलो असिना पानीका कारण २९ जनाको ज्यान गएको छ । पश्चिमी फराह प्रान्तमा असिनाका कारण २१ जनाले र दक्षिणी कान्दाहारमा ठूलो पानीका कारण आठ जनाले ज्यान गुमाएका ती प्रान्तको विपद् व्यवस्थापन विभागलाई उद्धृत गरी समाचार संस्था एएफपीले उल्लेख गरेको छ ।

फराहमा असिनाका कारण ६ जना घाइते भएका विपद् व्यवस्थापन विभागका प्रमुख मोहम्मद इजरायल सायरले जानकारी दिनुभएको छ ।

असिना परेर ज्यान गुमाउने र घाइते हुनेहरु पिकनिकमा गएका दुई परिवारका सदस्य रहेका छन् । त्यस्तै कान्दाहारमा ठूलो वर्षा भएपछि महिला र बालबालिकासहित आठ जनाको ज्यान गएको हो ।

अफगानिस्तान जलवायु परिवर्तनको चपेटामा परेको र चरम मौसमी घटना बढ्दै गएका विज्ञले बताएका छन । अफगानिस्तान जलवायु परिवर्तनको सबैभन्दा बढी संवेदनशील देशहरूको सूचीमा छैटौँ स्थानमा छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline