बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News कांग्रेसका एक सय ६५ क्षेत्रीय सभापतिहरूको राष्ट्रिय भेला आज र भोलि भैरहवामा हुँदै

कांग्रेसका एक सय ६५ क्षेत्रीय सभापतिहरूको राष्ट्रिय भेला आज र भोलि भैरहवामा हुँदै

by sambridhaonline

फाल्गुन १९,पोखरा – कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा आजदेखि भैरहवामा राष्ट्रियस्तरको दुई दिने प्रशिक्षण कार्यक्रम हुँदैछ ।

प्रशिक्षणका लागि देशभरका एक सय ६५ क्षेत्रीय सभापतिहरू भेला भएका छन् । पहिलो दिन आज सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने र प्रशिक्षणको उद्घाटन गर्ने कार्यक्रम छ ।

नीति अनुसन्धान प्रतिष्ठानका प्रमुख एवम् उपसभापति पूर्णबहादुर खड्काका अनुसार आज र भोलि हुने प्रशिक्षणमा देशभरका क्षेत्रीय सभापति, क्षेत्रीय प्रशिक्षण प्रतिष्ठान प्रमुख र एउटै निर्वाचन क्षेत्र भएका जिल्लाका सभापति र उपसभापतिसमेत गरेर तीन सय ३० जनाभन्दा धेरै नेता कार्यकर्ताहरू भैरहवा पुगेका छन् । प्रशिक्षणमा पार्टीलाई कसरी संस्थागत र बलियो बनाउने भन्ने विषयमा छलफल हुनेछ ।

कार्यक्रममा कांग्रेसले अहिलेसम्म गरेका नीतिगत सुधार, भौतिक पूर्वाधारलगायत उपलब्धि, संविधान र देशको विकासका लागि कांग्रेसले खेल्नुपर्ने भूमिका, आउँदो महाधिवेशन, क्रियाशील सदस्य र आमचुनाव गरी विभिन्न ६ वटा विषयमा प्रस्तुति रहनेछन् ।

क्षेत्रीय सभापतिहरूले वर्तमान सरकारका काम कारबाहीबारे आलोचनात्मक सुझाव दिने र सरकारमा सहभागी दुई जना मन्त्रीले त्यसको जवाफ दिने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline