बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News वालिङ्बाट जुवातास खेल्ने सातजना पक्राउ

वालिङ्बाट जुवातास खेल्ने सातजना पक्राउ

by sambridhaonline

फाल्गुन १८,पोखरा – स्याङ्जाको वालिङ् नगरपालिकाबाट जुवातास खेलिरहेको अवस्थामा सातजना पक्राउ परेका छन् । शनिबार बेलुका वालिङ् – ६ मिर्दीबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा वालिङ् – ६ का ६८ वर्षीय तेज बहादुर थापा, सोही ठाउँका ६७ वर्षीय खुम बहादुर गुरुङ, ३७ वर्षीय मान बहादुर पौडेल, ३० वर्षीय मुनिष थापा, ४५ वर्षीय नर बहादुर गुरुङ, वालिङ् – ५ का ३२ वर्षीय शिशिर राना मगर र वालिङ् – ७ का २७ वर्षीय मौसम क्षेत्री रहेका छन् ।

उनीहरुको साथबाट ४५ हजार एक सय ३५ रुपैयाँ र दुई सय १३ पत्ती तास बरामद भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए ।

स्थानीय तेज बहादुर थापाको घरमा उनीहरूले तास खेलेका थिए ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline