शनिबार, बैशाख ५, २०८३
Saturday, April 18, 2026
Home Featured News देशका धेरै ठाउँको मौसम सफा : तापक्रम बढ्न थाल्यो

देशका धेरै ठाउँको मौसम सफा : तापक्रम बढ्न थाल्यो

by sambridhaonline

फाल्गुन २१,पोखरा – आज कोशी र गण्डकी प्रदेशका हिमाली र पहाडी केही क्षेत्रबाहेक देशका धेरै ठाउँको मौसम सफा छ ।

पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले कोशी र गण्डकी प्रदेशका पहाडी केही ठाउँमा मौसम आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्ण रुपमा खुलेसँगै काठमाण्डौ उपत्यकालगायत देशका धेरै ठाउँमा अधिकतम तापक्रम बढ्न थालेको छ ।

आज काठमाण्डौको न्यूनतम तापक्रम ८ देखि १० र अधिकतम तापक्रम २४ देखि २६ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान छ । हिजो काठमाण्डौको अधिकतम तापक्रम २३ देखि २५ डिग्री सेल्सियस रहेको थियो ।

आज सबैभन्दा धेरै भैरहवाको अधिकतम तापक्रम ३२ देखि ३४ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान छ । यस्तै जनकपुर, धरान, धनगढी, नेपालगञ्जलगायतका क्षेत्रमा तापक्रम ३२ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline