शनिबार, बैशाख ५, २०८३
Saturday, April 18, 2026
Home Featured News कुश्मामा नगर स्तरीय अग्नि नियन्त्रण सञ्जाल गठन

कुश्मामा नगर स्तरीय अग्नि नियन्त्रण सञ्जाल गठन

by sambridhaonline

फाल्गुन २२,पोखरा – गर्मी मौसम सुरु भएसँगै डढेलाको जोखिम बढेपछि पर्वतको कुश्मा नगरपालिका स्तरीय अग्नि नियन्त्रण सञ्जाल गठन भएको छ ।
डिभिजन वन कार्यालय पर्वतको आयोजना तथा कुश्मा नगरपालिकाको सहकार्यमा बुधवार कुश्मा नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा सञ्जाल निर्माण गरिएको हो । सञ्जालको संयोजकमा नगर प्रमुख रामचन्द्र जोशी तथा सदस्यहरूमा उपप्रमुख स्वस्थानी रिजाल, प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेल रहेका छन् ।

जिल्ला प्रशासन कार्यालय पर्वत, सशस्त्र प्रहरी बलको नं. २५ हेडक्वार्टर चण्डिका गण, नेपाली सेनाको नयाँ रणभीम गुल्म र जिल्ला प्रहरी कार्यालय पर्वतबाट समेत सदस्य रहने सञ्जालमा कुश्मा नगरपालिकाका १४ वटै वडाका वडाध्यक्षहरू, नगरपालिकाको विभिन्न विषयगत समितिका संयोजकहरू पनि सञ्जालमा सदस्यका रूपमा रहेका छन् ।

यस्तै, नेपाल रेडक्रस सोसाइटी पर्वत, पर्वत उद्योग वाणिज्य सङ्घ पर्वत, नेपाल पत्रकार महासङ्घ पर्वत, सामुदायिक वन उपभोक्ता महासङ्घ पर्वतका मिठु शर्मा, कुश्मा नगरपालिकाको सामाजिक विकास शाखाका संयोजक डिलकुमारी शर्मा, इन्जिनियर मञ्जु शिलाकार, डिभिजनल वन कार्यालय पर्वतका तर्फबाट राजेश पोख्रेल पनि सदस्यका रूपमा रहेका छन् । सञ्जालको सदस्य सचिवमा कुश्मा नगरपालिकाको विपद् व्यवस्थापन शाखाका प्रमुख ध्रुवराज पौडेल रहेका छन् ।

कार्यक्रममा बोल्दै कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले नेपालका ९६ प्रतिशत आगलागीका घट्नाहरु मानवीय कारणले नै हुने गरेको तथ्याङ्क रहेको बताउँदै बदमासी गर्नेहरूलाई नियमानुसार कारबाही गर्नुपर्ने सुझाव राखे । विगतमा सामुदायिक वनका उपभोक्ताहरूले वनबाट केही न केही लाभ लिने गरेको भए पनि आजभोलि उपभोग घट्दा वनप्रतिको निराशा घटेको पाइएको उनको भनाइ छ । वनसम्बन्धी मुद्दा र वन्यजन्तुले गर्ने आक्रमण र खेतीमा गर्ने क्षतिका कारण पनि नागरिकले डढेलोमा बेवास्ता गर्ने गरेको पाइएको नगर प्रमुख जोशीले बताए ।

यस्तै प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलले ढलेका रुख गोडमेल गर्ने, झाडी र सुकेका पातको व्यवस्थापन गर्ने, क्षेत्र छुट्टाएर चौपायाको चरन क्षेत्रको रूपमा उपयोग गर्ने लगायतका काम गरेर नागरिकमा अपनत्व जगाउन सकिने बताए । डढेलो नियन्त्रणको मुख्य उपाय अग्नि रेखा नै भएकोले त्यसलाई प्राथमिकतामा राखिनुपर्ने उनेको भनाइ छ । कार्यक्रममा विभिन्न वडाका वडाध्यक्षहरूले डढेलो, वन्यजन्तुको प्रकोप, वन ऐनमा रहेका समस्याहरूको बारेमा प्रश्नहरू उठाएका छन्

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline