फाल्गुन २४,पोखरा- ‘सबै महिला तथा बालिकाका लागि : अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ ११४औ अन्तराष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपाल लगायतका एक दर्जन संघ संस्थाहरुद्वारा पोखरामा आयोजित विषयगत अन्तरक्रिया, व्यक्तित्व सम्मान तथा नारी दिवस विशेष समारोह आज शनिवार सम्पन्न भएको छ । कार्यक्रम नेष्डो नेपालको आयोजना तथा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड, नेष्डो वचत तथा ऋण शहकारी संस्था लि, अमरटिका प्रतिष्ठान नेपाल, विश्व प्रसाईं वि.पी. फाउण्डेशन नेपाल, समृद्ध टेलिभिजन, सामुदायिक रेडियो समृद्ध नेपाल, रेडियो समृद्ध नेपाल, समृद्ध अनलाईनको सह आयोजनामा भएको थियो ।
समारोहलाई सम्वोधन गर्दै नेष्डो सामाजिक समुहका अध्यक्ष डा. विश्व प्रकाश प्रसाईले नारीहरुको श्रम समयावधी घटाउनु पर्ने, श्रमको उचित मूल्य पाउनुपर्ने तथा पुरुष सरह मताधिकारको पाउनुपर्ने माग राखी अमेरीकी महिला सडकमा निक्लनु परेको १ सय १४ वर्ष वितिसकेको सन्दर्भमा अहिले कानुनि रुपमा महिलाहरुले यथेष्ठ अधिकार पाई सकेकोले कार्यान्वयनमा केन्द्रित हुनुपर्नेमा जोड दिनु भयो । कानुनी अधिकारले महिलालाई सुरक्षा प्रदान गरेता पनि महिला तथा विपन्न वर्गको जीविकोपार्जनका सवालमा गैसस तथा लघुवित्तीय संस्थाको भुमिका पनि उत्तिकै महत्वपूर्ण रहेको वताउनु भयो । कार्क्रममा गण्डकी प्रदेशका मुख्य न्यायधिवक्ता चिरन्जीवि शर्मा पौडेलले महिलाका कानुनि अधिकार: कार्यान्वयन र चुनौति विषयमा र मातृशिशु स्याहार मिलन अस्पतालका डक्टर अस्मिता शर्माले प्रजनन स्वास्थ्य तथा महिलाहरुको स्तन तथा पाठेघरको क्यान्सर: सतर्कता र समाधान सम्वन्धी कार्यपत्र पेश गर्नु भएको थियो ।


कार्यक्रममा विभिन्न क्षेत्रका नारी व्यक्तित्वहरुलाई उत्कृष्ठ नारी सम्मानवाट सम्मानित गरिएको छ । सम्मानित हुनेहरुमा सामाजिक अभियान्त मिलन थापा, सञ्चारकर्मी दुर्गा अधिकारी, प्रहरी निरिक्षक शोभा पाण्डे, महिला उद्यमी गिता नाथ, महिला स्वयमसेवि सरस्वति वाग्ले, लघुवित्त कर्मचारी मध्येवाट शान्तिदेवी शर्मा र नीजि क्षेत्रका कर्मचारी मध्येवाट प्रतीक्षा पोख्रेल लगायत हुनुहुन्छ । यसै गरी महिला अधिकारको आवाज उठाउने पुरुषहरु गण्डकी प्रदेश मुख्य महान्याधिवक्ता चिरन्जिवि शर्मा पौडेल, पुराना पत्रकार पोषनाथ शर्मा र नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल रहनु भएको छ।
कार्यक्रममा १३ वर्षिय क्यान्सर पिडित निश्चल वि.क र हरिमाया परियारलाई जनही दस हजार नगद सहयोग सहित वि.क को अध्यायन खर्च र परियारको परिवारको लागि एक वर्षको खाद्यन्न सहयोग सस्थाका संस्थापक अध्यक्ष प्रसाईले व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
कार्यक्रम संस्थाका संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईको अध्यक्षता, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लि. का अध्यक्ष सावित्री खत्री क्षेत्री लामिछानेको स्वागत एवम् आजीवन सदस्य एवम् कार्यक्रम संयोजक शुष्मा प्रसाईको सञ्चालनमा सम्पन्न भएको थियो ।