मङ्लबार, बैशाख ८, २०८३
Tuesday, April 21, 2026
Home Featured News उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा छिटपुट वर्षा

उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा छिटपुट वर्षा

by sambridhaonline

फाल्गुन २५,पोखरा- आज कोशी र लुम्बिनी प्रदेशसहित उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा छिटपुट वर्षा भएको छ ।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै लुम्बिनी प्रदेशको दाङ रातामाटामा ११ मिलिमिटर वर्षा मापन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र उच्च क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भोलि मौसमी नयाँ प्रणाली भित्रिने मौसमविद्को अनुमान छ । यसले वर्षा र हिमपात गराउन सक्ने पूर्वानुमान छ । देशको पश्चिमी क्षेत्रबाट भित्रिने प्रणालीले सुदूरपश्चिम, कर्णाली हुँदै पूर्वी भागसम्म बदली गराउने सम्भावना छ ।

आउँदो चैत एक गतेसम्म हावाहुरी, चट्याङ र केही ठाउँमा असिनाको समेत सम्भावना रहेको जलवायुका विज्ञ डा.धर्मराज उप्रेतीले जानकारी दिनुभयो ।

यसैबीच पर्याप्त वर्षा नहुँदा काठमाण्डौ उपत्यकाकाे वायु प्रदूषण बढेको छ । देशका उच्च पहाडी र हिमाली भेगका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपात भए पनि प्रदूषण हट्ने गरी वर्षा नहुँदा प्रदूषण हट्न अझै केही दिन लाग्ने छ ।

त्यस्तै काठमाण्डौ आज विश्वकै पाँचौँ वायु प्रदूषित शहर बनेको छ । विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको यूएस आईक्यूएअरका अनुसार काठमाण्डौको वायु प्रदूषण १६३ एक्यूआई मापन गरिएको छ ।

भियतनामको हनोई प्रदूषित शहरको शीर्ष स्थानमा छ । त्यहाँको वायु प्रदूषण २१० एक्यूआई मापन गरिएको छ । चीनको बेइजिङ दोस्रो स्थानमा छ । त्यस्तै बङ्गलादेशको ढाका तेस्रो र छिमेकी राष्ट्र भारतको राजधानी दिल्ली चौथो स्थानमा छ । ५० एक्यूआई भन्दामाथि प्रदूषण सूचकाङ्क कटेमा वायु अस्वस्थ मानिन्छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline