बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News पोखरा वडा नं. २१ का अध्यक्ष सुवेदीमाथि रड प्रहार, गिरी विरुद्ध प्रहरीमा उजुरी

पोखरा वडा नं. २१ का अध्यक्ष सुवेदीमाथि रड प्रहार, गिरी विरुद्ध प्रहरीमा उजुरी

by sambridhaonline

चैत्र ३,पोखरा – पोखरा महानगरपालिका वडा नं. २१ का अध्यक्षमाथि रड प्रहार भएको छ । वडाध्यक्ष दीपक सुवेदीमाथि शनिबार स्थानीय भूपेन्द्र गिरी (ठूलो) ले रड प्रहार गरेका हुन् ।

सार्वजनिक जग्गा अतिक्रिमण रोक्न पुगेका वडाध्यक्ष सुवेदीमाथि गिरीले रडले हान्दा सँगै रहेका अर्का स्थानीयले छेकेका थिए ।

सुवेदीसँगै त्यहाँ वडा सदस्य विमला केसी र अन्य स्थानीयहरुपनि उपस्थित थिए । गिरीले सार्वजनिक जग्गा मिचेर आफ्नो घर नजिकै संरचना निर्माण गरिरहेका थिए ।

घर नजिकै रहेको बाझी पोखरीले चर्चेको जग्गा अतिक्रमण गरी संरचना निर्माण गरिरहेकाले रोक्न जाँदा आफूमाथि ज्यान मार्ने उद्देश्यका साथ रड प्रहार गरेको वडाध्यक्ष सुवेदी बताउँछन् ।

वडाध्यक्ष दीपक सुवेदीले आफूमाथि रड प्रहार गर्ने स्थानीय भूपेन्द्र गिरीविरुद्व निवेदन दिएका छन् ।

गिरीलाई कारवाहीको मागसहित वडा प्रहरी कार्यालय बैदाममा आज निवेदन दिएको प्रहरीले बताएको छ ।

रड प्रहार गरेका गिरीलाई सोधपुछका लागि कार्यालय बोलाइएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डीएसपी सन्तोष निरौलाले बताए ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline