सोमवार, बैशाख ७, २०८३
Monday, April 20, 2026
Home Featured News दक्षिण कोरियामा डढेलाे : ज्यान गुमाउनेकाे सङ्ख्या २७ पुग्याे

दक्षिण कोरियामा डढेलाे : ज्यान गुमाउनेकाे सङ्ख्या २७ पुग्याे

by sambridhaonline

चैत १४,पोखरा – दक्षिण कोरियाको दक्षिण–पूर्वी क्षेत्रको जङ्गलमा लागिरहेको डढेलो परी ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा २७ पुगेको छ ।

डढेलोमा परी ३२ जना घाइते भएका दक्षिण कोरियाको आन्तरिक मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमा धेरैजसो ६० र ७० वर्ष उमेर समूहका छन् । डढेलोका कारण हजारौं मानिस विस्थापित भएका छन् । एक हजार तीन सय वर्ष पुरानो बौद्ध मन्दिरसहित कैयौं प्राचीन स्थल आगोले जलेर नष्ट भएका बीबीसीको खबरमा उल्लेख छ ।

दक्षिण कोरियाको इतिहासमै भयानक डढेलोका कारण एक हप्तामा ३५ हजार हेक्टरभन्दा धेरै क्षेत्रमा क्षति पुगेको छ ।

तीव्र गतिको हावा र सुक्खा जमिनका कारण डढेलो फैलिरहेको अधिकारीहरूले बताएका छन् । हिजो डढेलो निभाउने क्रममा एउटा हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline