सोमवार, बैशाख ७, २०८३
Monday, April 20, 2026
Home Featured News १३ वर्षीया नाबालिकलाई जबरजस्ती करणी गरेको आरोपमा स्याङ्जाका गौतम पक्राउ

१३ वर्षीया नाबालिकलाई जबरजस्ती करणी गरेको आरोपमा स्याङ्जाका गौतम पक्राउ

by sambridhaonline

चैत १४,पोखरा – स्याङ्जामा १३ वर्षीया नाबालिकलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जा पुतलीबजार नगरपालिका – ७ का २४ वर्षीय सुन्दर गौतम रहेका छन् ।

गौतमलाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए ।

प्रहरीका अनुसार ती नाबालिकलाई गत ९ गते डर त्रासमा पारी जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो । ती नाबालिकका अभिभावकले दिएको उजुरीको आधारमा गौतमलाई पक्राउ गरिएको डिएसपी पौडेलले बताए ।

पक्राउ परेका गौतमलाई जबरजस्ती करणी शीर्षकमा मुद्धा दर्ता स्याङजा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline