सोमवार, बैशाख ७, २०८३
Monday, April 20, 2026
Home Featured News तीनकुनेमा झडप, केही घरमा आगजनी र तोडफोड,भाटभटेनीबाट लुटे मोबाइल, घडी र महँगा मदिरा

तीनकुनेमा झडप, केही घरमा आगजनी र तोडफोड,भाटभटेनीबाट लुटे मोबाइल, घडी र महँगा मदिरा

by sambridhaonline

चैत १५,पोखरा – काठमाडौँको तीनकुनेमा निषेधित क्षेत्र तोड्दै राजावादी प्रदर्शनकारीहरुले केही घरमा तोडफोड तथा आगजनी गरेका छन्।

त्यस क्रममा आन्दोलनकारी र प्रहरीबीच झडपसमेत भएको छ। राजतन्त्र समर्थित प्रदर्शनकारीले आगजनी र तोडफोड गर्दै निषेधित क्षेत्रतर्फ अघि बढेपछि प्रहरीसँग झडप भएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डिआइजी) दिनेशकुमार आचार्यले जानकारी दिए।

झडपका क्रममा केही प्रहरी र प्रदर्शनकारी घाइतेसमेत भएका छन्। निषेधित क्षेत्र तोडेर प्रदर्शनकारी अगाडि बढ्न थालेपछि प्रहरीले स्थितिलाई सामान्य बनाउन पानीको फोहोरा र अश्रुग्यास प्रयोग गर्नुपरेको थियो।

त्यसअवसरमा प्रदर्शनकारीले निजी सवारीसाधन प्रयोग गरी प्रहरीको घेरा तोड्दै निषेधित क्षेत्रमा प्रवेश गरेको उल्लेख उनले गरे। त्यस्तै राजावादी प्रदर्शनकारीहरूले कोटेश्वर भाटभटेनी सुपर स्टोरमा तोडफोड गरेर मोबाइल फोन, घडी, मदिरा जस्ता महँगा सामान लुटेका छन् ।

भाटभटेनी व्यवस्थापनका एक अधिकारीका अनुसार प्रदर्शनकारीहरू सुरुमा एक दर्जन संख्यामा आएर मूलगेट फुटाएका थिए । त्यसपछि कम्पाउन्डभित्र छिरेर तोडफोड सुरु गरेका थिए ।भाटभटेनी व्यवस्थापनले लगत्तै प्रहरीलाई फोन दिउँसो ३ः२८ बजे फोन गरेर सहयोग मागे पनि प्रहरी भने ३४ मिनेटपछि मात्र आएपछि स्थिति नियन्त्रणमा आएको थियो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline