शुक्रबार, बैशाख २५, २०८३
Friday, May 8, 2026
Home Featured News नेप्सेकाे सीईओमा चूडामणि चापागाईं नियुक्त

नेप्सेकाे सीईओमा चूडामणि चापागाईं नियुक्त

by sambridhaonline

चैत १९,पोखरा – नेपाल स्टक एक्सचेन्स (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चूडामणि चापागाईं नियुक्त हुनुभएको छ । नवनियुक्त सीईओ चापागाईंलाई आज अर्थ मन्त्रालयमा राजश्व सचिव दिनेशकुमार घिमिरेले नियुक्ति पत्र प्रदान गर्नुभएको छ ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले चापागाईंलाई नेप्सेको सीईओमा नियुक्त गरेको हो । यसअघि नेप्सेको सीईओमा सरकारले नारदकुमार लुइँटेललाई नियुक्त गर्ने निर्णय गरे पनि नाममा विवादका कारण त्याे निर्णय सच्याएकाे थियाे ।

नेप्सेको सीईओका लागि आवेदन दिएका १० जनामध्ये झापाका चूडामणि चापागाईं, सर्लाहीका नारदकुमार लुइँटेल, इलामका पूर्णबहादुर आचार्य, नुवाकोटका बद्रीप्रसाद प्याकुरेल र पाल्पाका हेमन्त बस्याल संक्षिप्त सूचीमा परेका थिए ।

चापागाईंले यसअघि सानिमा बैंक तथा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा लामो समय काम गरिसक्नुभएको छ । गएको माघ २५ गतेयता नेप्सेको सीईओ पद रिक्त रहेको थियो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline