शुक्रबार, बैशाख २५, २०८३
Friday, May 8, 2026
Home Featured News राजावादीकाे प्रदर्शनमा २० जनालाई गाेली लागेकाे प्रहरीकाे भनाइ

राजावादीकाे प्रदर्शनमा २० जनालाई गाेली लागेकाे प्रहरीकाे भनाइ

by sambridhaonline

चैत २०,पोखरा – राजावादीहरूले शुक्रवार गरेको प्रदर्शनमा २० जनालाई गोली लागेको प्रहरीले जनाएको छ ।

आज आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिनेश आचार्यले गोली लाग्नेमध्ये २ जना महिला र १८ जना पुरुष रहेका जानकारी दिनुभएको हो । गोली लागेर घाइते भएकामध्ये १३ जना अस्पतालमा उपचाररत रहेका आचार्यले बताउनुभयो ।

आचार्यका अनुसार आन्दोलनका क्रममा जम्मा ५८ राउन्ड गोली प्रहार भएको छ । यस्तै टियर ग्यास ७ सय ४६ राउन्ड, ब्ल्याङ्क फायर १ सय ९२ पटक भएको थियो । २ वटा गोली पेस्तोलबाट प्रहार भएको उहाँले बताउनुभयो ।

यस्तै प्रहरीले राजावादी आन्दोलनका क्रममा मञ्चमा राष्ट्रिय गान बज्दा बज्दै टियर ग्यास नहानेको र बाहिर आएको भिडियो ‘डीपफेक’ अर्थात् भ्रामक रहेको दाबी गरेको छ । प्रवक्ता आचार्यले अर्को ठाउँमा हानेको टियर ग्यास उछिट्टिएर मञ्चमा पुगेको हुन सक्ने आशङ्का गर्नुभयो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline