शुक्रबार, बैशाख २५, २०८३
Friday, May 8, 2026
Home Featured News ४ महिने छोराको हत्या आरोपमा आमा पक्राउ

४ महिने छोराको हत्या आरोपमा आमा पक्राउ

by sambridhaonline

बैशाख ११,पोखरा – आफ्नै ४ महिनाको छोराको ढुंगाले हानेर हत्या गरेको आरोपमा प्रहरीले नवलपुरको बौदीकाली गाउँपालिका–२ अर्मलेकी ३६ वर्षीया कमला परियारलाई पक्राउ गरेको छ ।

तनहुँ प्रहरीका अनुसार यही बैशाख ८ गते साँझ ७ बजेको समयमा तनहुँको घिरिङ गाउँपालिका–४ थामडाँडास्थित माइतीघर जाने क्रममा भिमाद डेढगाउँ सडक खण्डमा परियारले ४ महिनाको छोरा अर्जुनलाई ढुंगाले हानेर गम्भिर घाइते बनाएकी थिइन् । त्यसपछि स्थानीयले घाइते बच्चालाई उपचारकालागि पाल्पास्थित रामपुर अस्पतालमा लगेकोमा सोही राती साढे ९ बजेको समयमा चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए ।

हत्या आरोपित कमला परियारलाई ईलाका प्रहरी कार्यालय डेढगाउँ, नवलपुरले पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय तनहुँ पठाएको तनहुँ प्रहरीका सूचना अधिकारी, डिएसपी अशोक थापाले बताए । थापाका अनुसार प्रारम्भिक अनुसन्धान पुरा गरी कमला परियारलाई कर्तव्य ज्यान मुद्धा शिर्षकमा मंगलबार तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमती लिई थप अनुसन्धान भइरहेको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline