बिहिबार, बैशाख २४, २०८३
Thursday, May 7, 2026
Home Featured News स्याङ्जामा अवैध सामान बरामद, तीनजना पक्राउ

स्याङ्जामा अवैध सामान बरामद, तीनजना पक्राउ

by sambridhaonline

बैशाख १२,पोखरा – स्याङ्जाको गल्याङ नगरपालिका – १ राम्दीस्थित सिद्धार्थ राजमार्गमा अवैध रुपमा भन्सार छलेर ल्याइएको सामान प्रहरीले बरामद भएको छ ।

प्रहरीले बिल नभएको ५० केजी तौलको चिनीका २१० बोरा, ५ केजीको भुजाका ३९ बोरा र ३० केजीको केराउका १८ बोरा बरामद गरेको छ ।

सिद्धार्थ राजमार्गमा चेकजाँच गर्ने क्रममा बुटवलबाट पोखरातर्फ आउँदै गरेको लु २ ख १९२१ नम्बरको मिनि ट्रकबाट अवैध सामान भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए ।

शुक्रबार बिहान साढे एक बजे चेकजाँचका क्रममा अवैध सामान भेटिएपछि ट्रक, चालक र सहचालकहरुलाई पक्राउ गरिएको डिएसपी पौडेलले बताए ।

पक्राउ पर्नेमा चालक रुपन्देही सुद्योधन गाउँपालिका वडा नम्बर – ३ का २४ वर्षीय वसन्त परियार र सहचालक पाल्पा रैनादेवी छहरा गाउँपालिका वडा नम्बर – ४ का ४० वर्षीय सुमन वि.क. र रुपन्देही सियारी गाउँपालिका वडा नम्बर – ६ का २३ वर्षीय दिप्सन सुनार रहेका छन् ।

प्रहरीका अनुसार बरामद गरिएका सामान र पक्राउ परेका तीनैजनालाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline