बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News गोरु काटेको आरोपमा स्याङ्गजामा एकजना पक्राउ

गोरु काटेको आरोपमा स्याङ्गजामा एकजना पक्राउ

by sambridhaonline

बैसाख १८,पोखरा – स्याङ्जा प्रहरीले गोरु काटेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जा पुतलीबजार नगरपालिका – १२ पेल्काचौर सिम्लेका ४० वर्षीय टेक भन्ने डम्बरबहादुर गुरुङ रहेका छन् ।

वैशाख १६ गते गुरुङले गोरु काटेको सूचना पाएपछि प्रहरीले खोजतलास गर्ने क्रममा उनलाई १७ गते दिउँसो पक्राउ गरेको हो । तत्काल फरार रहेका गुरुङलाई लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

आफ्नै घर पालेको गोरुलाई घर नजिकै बारीमा लगेर काटेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए ।

गुरुङले गोरु काटेर मासु टुक्राटुक्रा बनाई घरको आगनमा त्रिपालभित्र बेरेर लुकाएर राखेको अवस्थामा फेला परेको डिएसपी पौडेलले बताए ।

गोरु काट्नेलाई पशुपन्छी सम्बन्धी कसुर मुद्दा दर्ता गरिएको प्रहरीले बताएको छ । अपराध संहिता २०७४ को फौजदारी कसुर ऎनको परिच्छेद २७ मा पशुसम्बन्धीको कसुर गरेमा तीन वर्षसम्म कैद हुने व्यवस्था छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline