बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News भोलिदेखि सामुदायिक विद्यालय खुल्ने

भोलिदेखि सामुदायिक विद्यालय खुल्ने

भर्ना अभियान र पढाइ सँगसँगै अघि बढाउने तयारी

by sambridhaonline

बैशाख १८,पोखरा – आन्दोलनरत शिक्षक र सरकाबीच सहमति भएसँगै भोलिदेखि सामुदायिक विद्यालय खुल्ने भएका छन् । सहमतिमा भएको प्रतिबद्धतानुसार भोलिदेखि देशभरका सामुदायिक विद्यालय नियमित रूपमा सञ्चालन हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सूचना अधिकारी उप–सचिव नीलकण्ठ ढकालले बताउनुभयो ।

यो वर्षको भर्ना अभियान वैशाख २ गतेदेखि गर्ने भनेर सबै पालिका र विद्यालयमा परिपत्र भएको थियो । तर दुई हप्ते भर्ना अभियानको समय विद्यालय बन्द भएरै सकिएको छ । त्यसैले अब भर्ना अभियान, पुस्तक वितरण र पढाइ सँगसँगै अघि बढाउने तयारी रहेको उपसचिव ढकालले बताउनुभयो । उहाँका अनुसार यही बीचमा घरदैलो कार्यक्रमसमेत गरेर छुटेका विद्यार्थीहरूलाई विद्यालय ल्याउन पहल गर्ने गरी शिक्षकबाट प्रतिबद्धता आएको छ ।

सरकारसँगको सम्झौतासँगै चैत २० गतेदेखि काठमाण्डौमा भेला भएका शिक्षकहरू फर्किन थालेका छन् । अब एसईईको उत्तरपुस्तिका परीक्षण पनि शुरू हुने र सकेसम्म तोकिएको समयमै नतिजा प्रकाशन गर्ने प्रयास रहने ढकालले बताउनुभयो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline