बैशाख १९,पोखरा- राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालको ३१औं स्थापना दिवस एवम् संस्थापक अध्यक्ष डा. विश्व प्रकाश प्रसाईको ५४औं शुभजन्मोत्सव सप्ताह अन्र्तगत सप्ताहको पाँचौ दिन १ सय ३६औं मजदुर दिवसको अवसरमा वास्तविक मजदुरहरुसंग शुभकामना आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विभिन्न क्षेत्रका वास्तविक १ सय ९१ जना श्रमिकहरुको सहभागिता रहेको कार्यक्रममा कुश्मा नगरपालिका, वडा नं. ६ स्थित युनिभर्सल पार्टी प्यालेसमा रात्रीभोज समेत दिइएको छ ।
कार्यक्रममा सहभागी मजदुरहरुले संस्थाको प्रगतिको साथै संस्थापक अध्यक्षको सुस्वास्थ्य, दिर्घायुको कामना गर्दै टिका र खादाले सम्मान गर्नु भएको थियो । यसै गरी कार्यक्रममा ३१औं नेष्डो स्थापना दिवस, ५४औं विश्व प्रसाई शुभजन्मोत्सव एवम् १ सय ३६औं अन्तर्राष्ट्रिय मजदुर दिवस लेखिएको केक समेत छेदन गरी खुशी वाँडदै उत्सव मनाईएको थियो ।
कार्यक्रममा सहभागी मजदुरहरुलाई संवोधन गर्दै नेष्डो नेपालका संस्थापक अध्यक्ष एवम् नेपाली कांग्रेसका नेता डा. विश्व प्रकाश प्रसाईले आँफूले जीवनमा धेरै ठूला मानिसहरुको सेवा गरेको तर गरिव, दुःखी र मजदुरहरुको सेवा गर्दा पाएको जस्तो असिम खुशी र सन्तुष्टी पाउन नसकेको भन्दै हरेक वर्ष संस्थाको स्थापना दिवस एवम् आफ्नो शुभजन्मोत्सव विपन्न तथा वन्चितीमा परेका वर्गसंग मनाउदै आएको वताउनु भयो । आँफुले पुर्नजन्ममा विश्वास गर्ने भएकोले अर्को जुनिमा समेत संघर्ष गरेर रमाउन सक्ने जीवन प्राप्तिको लागि मानव सेवामा समर्पित रहेको भन्दै सवै धर्म विच धार्मिक सहिष्गुणता हुनुपर्नेमा जोड दिनु भयो । देशमा लोकतान्त्रिक गणतन्त्र आए पनि दुःखी, गरिव र मजदुरलाई गणतन्त्र अनुभुती हुन नसकेको भन्दै अव गरिव मजदुरहरुको नेता र सो वमोजिमको सरकार आवश्यक रहेको वताउनु भयो ।
कार्यक्रममा सप्ताहव्यापी कार्यक्रमको समेत जानकारी गराईएको थियो । नेष्डो नेपालको ३१औं स्थापना दिवस एवम् संस्थापक अध्यक्ष डा. विश्व प्रकाश प्रसाईको ५४औं शुभजन्मोत्सव विशेष सप्ताह अन्र्तगत यहि वैशाख १४ गते म्याग्दी स्थित गलेश्वर जेष्ठ नागरीक आश्रममा ४७ जना आश्रित आमाको पुजन गरी खाद्यन्न सहयोग, वैशाख १५ गते पोखरा–१७ स्थित जेष्ठ नागरीक आश्रममा खाद्यन्न सहयोग, वैशाख १६ गते कुश्मा वजारमा मुल समारोहको साथै वैशाख १७ गते १ सय ३६औं मजदुर दिवसको अवसरमा शुभकामना आदान प्रदान तथा वास्तविक मजदुरहरुलाई रात्रीभोज आयोजना गरिएको छ । सप्ताह अन्र्तगत वैशाख १९ गते क्यान्सर पिडित परिवारलाई वर्षभरलाई पुग्ने गरी खाद्यन्न सहयोग तथा शैक्षिक सामाग्री सहयोगको कार्यक्रम रहेको छ भने वैशाख २० गते पोखरा–१७ ड्यामसाईडमा विविध कार्यक्रम सहित सप्ताहको समापन हुने जानकारी गराईएको छ ।
नेकार्यक्रम नेष्डो नेपालका आजीवन सदस्य एवम् मजदुर दिवस विशेष कार्यक्रमका सयोजक उत्तम प्रसाद अधिकारीको अध्यक्षता, आजीवन सदस्य अनिता सोतीको संस्थागत प्रतिज्ञा एवम् आजीवन सदस्य नारायण प्रसाईको सञ्चालनमा सम्पन्न भएको रेडियो समृद्ध सहकर्मी खिममायाँ पाईजा गिरीले जानकारी दिनु भएको छ ।
132
previous post