शनिबार, बैशाख १९, २०८३
Saturday, May 2, 2026
Home Featured News पोखरा विश्वविद्यालयद्वारा अनलाइन नतिजा प्रणाली सञ्चालनमा

पोखरा विश्वविद्यालयद्वारा अनलाइन नतिजा प्रणाली सञ्चालनमा

by sambridhaonline

बैशाख २८,पोखरा – पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले आफ्नो आधिकारिक वेबसाइटमार्फत अनलाइन नतिजा हेर्न मिल्ने प्रणाली सञ्चालनमा ल्याएको छ। अबदेखि विश्वविद्यालयका सबै संकाय तथा कार्यक्रमका विद्यार्थीहरूले अनलाइनमार्फत परीक्षा नतिजा तथा ग्रेडसिट सजिलै हेर्न र प्रिन्ट गर्न सक्नेछन्।

नयाँ प्रणालीमार्फत विद्यार्थीले https://exam.pu.edu.np:9094/ मा गएर आफ्नो यूनिक आईडी वा अन्य आवश्यक विवरण प्रविष्ट गरी नतिजा प्राप्त गर्न सक्ने विश्वविद्यालयले जनाएको छ । परीक्षा प्रणालीलाई क्रमिक रूपमा डिजिटल बनाउँदै लैजानु पोखरा विश्वविद्यालयको दीर्घकालीन योजनाअन्तर्गतको यो एक महत्वपूर्ण कदम हो। यस डिजिटल सेवाले परीक्षा सम्बन्धी जानकारी लिनको लागि विद्यार्थीहरूलाई परीक्षा शाखामा जानुपर्ने झन्झट हटाउँदै, परीक्षासम्बन्धी सेवा छरितो र प्रभावकारी हुने अपेक्षा गरिएको विश्वविद्यालयका सूचना अधिकारी लोकप्रसाद ढकालले बताउनुभयो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline