बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News रोटरी क्लव अफ पर्वतको १६औं संस्थापना दिवस मनाइयो

रोटरी क्लव अफ पर्वतको १६औं संस्थापना दिवस मनाइयो

संस्थापना दिवसको अवसरमा रोटरी परिवार विच अन्तरक्रियात्मक स्नेह मिलन कार्यक्रम सम्पन्न

by sambridhaonline

जेष्ठ ०१,पोखरा – २०२५ रोटरी क्लव अफ पर्वतको १६औं स्थापना दिवसको अवसरमा रोटरी परिवार विच अन्तरक्रियात्मक स्नेहमिलन कार्यक्रम वुधवार कुश्मा पर्वतमा सम्पन्न भएको छ । रोटरी क्लव अफ पर्वतको आयोजना एवम् विश्व प्रसाई फाउण्डेशन, नेपालसंगको सहकार्यमा सो कार्यक्रम आयोजना गरिएको हो ।

विश्वभरका मानवीय सेवामा समर्पित स्वयम्सेवीलाई पर्वतसंग जोडदै जिल्लामा आईपर्ने हरेक विपत्तीमा मानवीय सेवा र सहयोग दिने उद्देश्यले सन २००९ मा सामाजिक अभियान्त विश्व प्रकाश प्रसाईको नेतृत्वमा रोटरी क्लव अफ पर्वत स्थापना भएको थियो । संस्थाले अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको दिन मे १४ लाई हरेक वर्ष चार्टर डे को रुपमा मनाउदै आई रहेको छ ।

क्लवले वितेका १५ वर्षमा सामुदायिक विद्यालयमा विद्युतीय पुस्तकालयको स्थापना, टेलिमेडिसिन सेवा सञ्चालन, वृहत स्वास्थ्य शिविरको आयोजना, विपन्न वालवालिकालाई शैक्षिक सहयोग लगायतका दर्जनौं मावनीय कार्यहरु गर्दै आई रहेको छ । क्लवले नेष्डो नेपाल तथा अमरटिका प्रतिष्ठानको आर्थिक सहयोगमा रोटरी एम्वुलेन्स सेवा पनि सञ्चालन गर्दै आई रहेको छ ।

अन्तरक्रियात्मक स्नेहमिलन कार्यक्रममा शुभकामना मन्तव्य राख्दै क्लवका संस्थापक अध्यक्ष रोटरीयन विश्व प्रकाश प्रसाईले मानवीय सेवामा समर्पित विश्वभरका स्वयसेवकहरुलाई एकैशुत्रमा जोडने रोटरी अभियानलाई १६ वर्ष पहिले पर्वत जिल्लामा शुभारम्भ गर्दा धेरै किसिमका चुनौतीहरु रहेको भन्दै सवै साथीहरुको साथ र सहयोगले जिल्लाकै उत्कृष्ठ मानवीय संस्थाको रुपमा स्थापित गराउन पाँउदा गौरव लागेको वताउनु भयो । क्लवले अपेक्षा गरे अनुसार सामुदायिक कार्यक्रम गर्न नसकेता पनि आपतकालिन परिस्थितीमा रोटरीको सेवा सह्रानीय रहेको वताउनु भयो ।

कार्यक्रममा रोटरी क्लव अफ पर्वतका पुर्व अध्यक्षहरु गोपी अधिकारी, शिव शर्मा पौडेल, प्रेम प्रसाद पौडेल, गणेश पौडेल, गणेश वहादुर क्षेत्री, विप्लप हमाल, सावित्री खत्री क्षेत्री लामिछाने, उत्तम प्रसाद अधिकारी, कृष्ण प्रसाद शर्मा, योगराज गिरी, आगामी अध्यक्ष लक्ष्मी कुमारी मेधासी, विश्व प्रसाई प्रतिष्ठानका सदस्य विश्ववन्धु प्रसाई, इनरह्वील क्लव अफ पर्वतका अध्यक्ष सरिता भुषाल र रोट्याक्ट क्लव अफ पर्वतका संस्थापक अध्यक्ष मोहन आचार्य, रोट्याक्ट क्लव अफ पर्वत पोखराका अध्यक्ष सुदिप प्रसाई, वर्तमान अध्यक्ष गौतम पौडेल लगायतले “मानवीय सेवामाः रोटरीको भुमिका” विषयमा आआफ्नो धारणा राख्नु भएको थियो ।

कार्यक्रम क्लवका आगामी अध्यक्ष लक्ष्मी कुमारी मेधासीको अध्यक्षता, सचिव डाँसीराम अधिकारीको स्वागत एवम् पुर्व अध्यक्ष उत्तम प्रसाद अधिकारीको सञ्चालनमा सम्पन्न भएको रेडियो समृद्धका सहकर्मी खिममायाँ पाईजा गिरीवाट सम्प्रेषित समाचारमा जनाइएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline