जेष्ठ १५ ,कुश्मा, पर्वत – १८औं गणतन्त्र दिवसको अवसर एवम् नेपाल प्रेस युनिएनको ३४औं स्थापना दिवस सप्ताहको तेश्रो दिन कुश्मा पर्वतमा “संघिय लोकतान्त्रिक गणतन्त्रः वर्तमान र भविष्य” विषयक अन्तर संवाद कार्यक्रम विहिवार सम्पन्न भएको छ । विश्व प्रसाई वि.पी. फाउण्डेशन नेपाल, नेपालले हरेक वर्ष गणतन्त्र दिवसमा अन्तर संवाद आयोजना गर्दै आएकोमा वर्ष नेपाल पत्रकार महासंघ, पर्वत र नेपाल प्रेस युनिएन, पर्वतसंगको शहकार्यमा उक्त अन्तर संवाद कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा जिल्लामा क्रियाशिल राजनीतिक दलका प्रमुख तथा प्रतिनिधी, उद्योगी, व्यवसायी, सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरु, सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको उद्देश्य एवम् विषय उठान गर्दै नेपाली कांग्रेसका युवा नेता एवम् विश्व प्रसाई वि.पी. प्रतिष्ठान, नेपालका अध्यक्ष विश्व प्रकाश प्रसाईले वि.सं. २००७ साल देखि नेपाली कांग्रेसको नेतृत्वमा प्रत्यक्ष/अप्रत्यक्ष रुपमा गणतन्त्रको विषय उठान गरेको भन्र्दै माओवादी जनयुद्द देखि २०६२/६३ को जनआन्दोलनको ऐतिहासिक योगदान रहेको वताउनु भयो । लोकतान्त्रिक व्यवस्थामा लोकतन्त्रप्रति नै असहमती राख्ने पाउने भन्दै आफ्नो अधिकारको उपयोग गर्दा अरुको अधिकारप्रति ध्यान दिनुपर्ने वताउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथिको आसनवाट वोल्दै सविधान सभा सदस्य अर्जुन प्रसाद जोशीले गणतन्त्रले देशको विकास निर्माण एवम् राष्ट्रिय समृद्धिमा अपेक्षित फडकको मारेको भन्दै यस भित्रका कमीकमजोरी गणतान्त्रिक व्यवस्थाको नभई नेतृत्वमा पुगेका व्यक्तिवाट हुने गरेको वताउनु भयो । जोशीले लोकतान्त्रिक गणतन्त्रको विकल्पमा अरु कुनै व्यवस्था नभएको भन्र्दै यस भित्रका कमीकमजोरीहरुलाई संविधान शंसोधनवका माध्यमवाट संवोधन गर्न सकिने उहाँको भनाई थियो ।
कार्यक्रममा नेपाली कांग्रेस पर्वतका उपसभापति शिव प्रसाद सुवेदीले गणतन्त्रवाट जनताले केही नपाएको भाश्य विकास भएको भन्र्दै गणतन्त्रका सकरात्मक पक्षहरुलाई जनता समक्ष साक्षतकार वनाउनुपर्ने वताउनु भयो । नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्यद्वय शंकर गिरी एवम् गोपी अधिकारीले देशमा गणतन्त्र स्थापना गर्न हजारौं शहिदले वलिदान दिएको स्मरण गर्दै गणतन्त्रको रक्षार्थ पुनः वलिदान दिन पछि पर्न नहुने वताउनु भयो । कार्यक्रममा नेपाली कांग्रेस पर्वतका सदस्य सावित्री खत्री क्षेत्री लामिछाने तथा नेकमा एमालेका जिल्ला सदस्य जगन्नाथ पौडेलले वन्चितीमा परेका जनताको आधारभुत आवश्यकता परिपुर्तिमा राज्यको नेतृत्व गर्नेको ध्यान नपुगेको वताउनु भयो । पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर वि.पौडेल तथा उपाध्यक्ष शिव शर्मा पौडेलले उद्योगी व्यवसायीको समस्यालाई राज्यले अझै ध्यान नसकेको वताउनु भयो ।

कार्यक्रममा नेपाल विद्यार्थी संघका पुर्व केन्द्रिय सदस्य मोहन आचार्य, नेपाल प्रेस युनिएनका केन्द्रिय सदस्य मायाँ अधिकारी, साजन परियार, गण्डकी प्रदेशका उपाध्यक्ष संगिता के.सी., पर्वतका उपाध्यक्ष विष्णु सापकोटा गौतम, प्रेस चौतारी पर्वतका अध्यक्ष दिपेश वि.पोखरेल, पुर्व अध्यक्ष कृष्ण अँखेली, सञ्चारिका समुहका अध्यक्ष रन्जना खत्री, प्रेस चौतारी पर्वतका सचिव प्रेम प्रसाद रेग्मी, थाहा खवर डटकमका सम्पादक सञ्जय रेग्मी, रेडियो समृद्धका प्रतिनिधी इश्वरी प्रसाद शर्मा, पत्रकार महासंघका सदस्य महेन्द्र जि.सी., रोटरी क्लव अफ पर्वतका उपाध्यक्ष डाँसीराम अधिकारी, इनरह्वील क्लव अफ पर्वतका उपाध्यक्ष सुजता वि.पौडेल, राष्ट्रिय लोक तथा दोहारी गित प्रतिष्ठान पर्वतका अध्यक्ष पुजा कार्की शर्मा, लोकगायक कृष्ण कँडेल, नेपाल दशनामी समाज पर्वतका उपाध्यक्ष योगराज गिरीले, नेष्डो समृद्धका प्रवन्धक नारायण प्रसाई लगायतले आआफ्नो क्षेत्रका सवालहरु राख्नु भएको थियो ।
कार्यक्रममा मिडिया साझेदारको रुपमा सामुदायिक रेडियो समृद्ध नेपाल ९२.६ मेगाहर्ज पोखरा र रेडियो समृद्ध नेपाल ९२ मेगाहर्ज पर्वतले प्रत्यक्ष प्रशारण गरेका थिए ।
अन्तर संवाद कार्यक्रम विश्व प्रसाई वि.पी. फाउण्डेशन नेपालका अध्यक्ष विश्व प्रकाश प्रसाईको अध्यक्षता, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मी प्रसाद सापकोटाको स्वागत एवम् नेपाल प्रेस युनिएन पर्वतका अध्यक्ष उत्तम प्रसाद अधिकारीको सञ्चालनमा सम्पन्न भएको समृद्ध सहकर्मी विकास श्रेष्ठद्वारा सम्पादित समाचारमा जनाइएको छ ।