सोमवार, अशोज ५, २०८३
Monday, September 21, 2026
Home Featured News नागढुङ्गा–नौबिसे सडक भोलिदेखि थप ५ दिन बन्द हुने

नागढुङ्गा–नौबिसे सडक भोलिदेखि थप ५ दिन बन्द हुने

by sambridhaonline

जेष्ठ २५,पोखरा – नागढुङ्गा–नौबिसे सडक खण्ड भोलिदेखि थप पाँच दिन बन्द हुने भएको छ । यसअघि जेठ १० गतेदेखि आजसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेकोमा आज फेरि समय थप भएकाे हो ।

नागढुङ्गा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड) ले सूचना निकालेर भोलिदेखि जेठ ३० गतेसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द रहने जानकारी गराएको हो । सडक मर्मत तथा स्तरोन्नतिको काम भइरहेकोले बन्द गर्नुपरेको आयोजनाले जनाएको छ ।

नागढुङ्गा–नौबिसे सडक खण्ड बन्द हुने अवधिमा साना तथा मझौला गाडीहरूका लागि सीतापाइला–रामकोट–धार्के सडक र सामाखुशी–टोखा–छहरे–त्रिशूली –गल्छी सडक विकल्पका रूपमा प्रयोग गर्न सकिने सूचनामा उल्लेख छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline