शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026
Home Featured News पोखरा -१५, बन क्याम्पस नजिकै सडकमा एक व्यक्तिको हत्या

पोखरा -१५, बन क्याम्पस नजिकै सडकमा एक व्यक्तिको हत्या

by sambridhaonline

जेष्ठ २६,पोखरा – पोखरा महानगरपालिका– १५ स्थित वन क्याम्पसको पर्खालसंग जोडिएको सडकमा सोमबार सबेरै एक पुरूषको शव भेटिएको छ ।अन्दाजी ३०–३५ वर्षको देखिे शवको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

शवको छेउमा हथौडासमेत भेटिएको छ । शवको शरिरमा चोटपटक पनि रहेको र पोष्टमार्टमको रिपोर्ट नआइन्जेल हत्या वा अन्य कुनै दुर्घटना हो भन्ने कुरा नखुल्ने कास्की जिल्ला प्रहरी कार्यालयका डिएसपी एवं सूचना अधिकारी हरिबहादुर बस्नेतले बताए । सडकमा विहानै शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline