बिहिबार, बैशाख २४, २०८३
Thursday, May 7, 2026
Home Featured News हिंसात्मक प्रदर्शनपछि अमेरिकाको लस एञ्जलसमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन

हिंसात्मक प्रदर्शनपछि अमेरिकाको लस एञ्जलसमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन

by sambridhaonline

जेष्ठ २७,अमेरिका– मेक्सिकोको सीमामा आप्रवासन नियन्त्रणका लागि गरिएको धरपकडविरुद्ध लस एञ्जलसमा भएको प्रदर्शन हिंसात्मक भएपछि ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । केही प्रदर्शनकारी पक्राउ परेका बीबीसीले जनाएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्वासन नीतिप्रति असन्तुष्टि जनाउँदै चर्किएको प्रदर्शनले स्थानीय समुदायमा तनाव बढाएको छ । स्थिति नियन्त्रणमा लिन राष्ट्रपति ट्रम्पले २१ सय नेशनल गार्ड र सात सय मरीन सैनिक तैनाथ गर्ने आदेश दिनुभएको छ । तर, प्रदर्शनकारीलाई हिंस्रक र विद्रोहीको भीड भन्दै ट्रम्पले अभिव्यक्ति दिएपछि थप राजनीतिक विवाद सिर्जना भएको छ ।

यसैबीच क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूजमले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनमाथि कडा आलोचना गर्दै बिना अनुमति लस एन्जलसमा नेशनल गार्ड तैनाथी गरिएको भन्दै अदालतमा मुद्दा दर्ता गराउनुभएको छ । राष्ट्रपति ट्रम्पले स्थिति बिगार्ने काम गरेको आरोप लगाउँदै गर्भनर न्यूजमले अवैध रूपमा नेशनल गार्ड पठाएको आरोप लगाउनुभएको हो । उहाँले यसअघि नै यो कदमलाई असंवैधानिक भन्नुभएको थियो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline