बिहिबार, बैशाख २४, २०८३
Thursday, May 7, 2026
Home Featured News अमेरिकी राष्ट्रपति ट्रम्पले १२ वटा देशका नागरिकमाथि लगाएको यात्रा प्रतिबन्ध आजदेखि लागू

अमेरिकी राष्ट्रपति ट्रम्पले १२ वटा देशका नागरिकमाथि लगाएको यात्रा प्रतिबन्ध आजदेखि लागू

by sambridhaonline

जेष्ठ २६ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ वटा देशका नागरिकमाथि लगाएको यात्रा प्रतिबन्ध आजदेखि लागू भएको छ । ट्रम्पले गएको हप्ता १२ वटा देशका नागरिकलाई अमेरिका प्रवेशमा पूर्ण रूपमा प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर गर्नुभएको थियो ।

ट्रम्पले अफगानिस्तान, म्यानमार, चाड, कङ्गो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमनका नागरिकलाई यात्रा प्रतिबन्ध लगाउनुभएको छ । यस्तै बुरुन्डी, क्युबा, लाओस, सियरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला गरी ७ वटा देशका नागरिकलाई पनि अमेरिका प्रवेशमा आंशिक रूपमा प्रतिबन्ध लगाइएको छ ।

राष्ट्रपति ट्रम्पले यो यात्रा प्रतिबन्धलाई राष्ट्रिय सुरक्षाको विषय भन्नुभएको छ । यो कदमले शरणार्थी मार्गहरूमा बाधा पुर्‍याउने र ट्रम्प प्रशासनले अवैध प्रवेशमाथिको कारबाहीलाई विस्तार गर्दै अध्यागमनलाई थप प्रतिबन्धित गर्ने अपेक्षा गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

ट्रम्पको यात्रा प्रतिबन्धमा परेका इरान र अफगानिस्तानजस्ता धेरै देशको अमेरिकासँग शत्रुतापूर्ण सम्बन्ध छ भने हैटी र लिबियाजस्ता देशले गम्भीर सङ्कटको सामना गरिरहेका छन् ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline