बिहिबार, बैशाख २४, २०८३
Thursday, May 7, 2026
Home Featured News एयर इन्डिया विमान दुर्घटना : २ सय ४१ जनाको ज्यान गयो, १ जना बाँच्न सफल, मृतकका परिवारलाई १ करोड क्षतिपूर्ति

एयर इन्डिया विमान दुर्घटना : २ सय ४१ जनाको ज्यान गयो, १ जना बाँच्न सफल, मृतकका परिवारलाई १ करोड क्षतिपूर्ति

by sambridhaonline

जेष्ठ ३०,पोखरा – भारतको अहमदाबादमा भएको विमान दुर्घटनामा दुई सय ४१ जनाको ज्यान गएको पुष्टि भएको छ । हिजो दुई सय ४२ जना यात्रु बोकेर वेलायतको लागि उडेको एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान उडान भरेको केही समयमै आवासीय क्षेत्रमा दुर्घटना भएको हो ।

दुर्घटनामा एक जना वेलायती नागरिकबाहेक अरू सबैको ज्यान गएको एयर इन्डियाले पुष्टि गरेको छ । दुर्घटनामा बाँच्न सफल विश्वास कुमार रमेशको अस्पतालमा उपचार भइरहेको छ । विमानको सिट नम्बर ११ए मा बसेका भारतीय मूलका बेलायती नागरिक रमेश दुर्घटनाबाट जोगिनुभएको हो । उहाँको भिडियो र बोर्डिङ पास पनि सार्वजनिक भएको छ ।

उहाँलाई भारतका गृहमन्त्रीले अस्पतालमा भेटेर स्वास्थ्यलाभको कामना गर्नुभएको छ । दुर्घटनाग्रस्त एयर इन्डियाको उडानमा एक सय ६९ भारतीय नागरिक, ५३ बेलायती, सात पोर्चुगलका नागरिक र एक क्यानेडियन नागरिक थिए ।

यसैबीच टाटा समूहले आफ्नो कम्पनी एयर इन्डियाको विमान दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई प्रतिव्यक्ति १ करोड रुपैयाँ राहत दिने घोषणा गरेको छ । टाटा समूहले घाइतेहरूको उपचारको सम्पूर्ण खर्च कम्पनीले बेहोर्ने र उनीहरूलाई आवश्यक सबै सहयोग गर्ने प्रतिवद्धता पनि जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline