शनिबार, बैशाख ५, २०८३
Saturday, April 18, 2026
Home Featured News पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु

पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु

by sambridhaonline

जेष्ठ ३१,पोखरा – बुटवलबाट पोखरा घुम्न आएकी महिलाको होटलको छतबाट खसेर मृत्यु भएको छ ।

रुपन्देहीको बुटवल उपमहानगरपालिका–१०, रानीवन घर भएकी ३२ वर्षीया सरीता भण्डारी पोखरा महानगरपालिका–६ जरेबरस्थित होटल रुद्राक्षको पाचौं तलाबाट खसेर गम्भिर घाइते भएकी थिइन् ।

उनको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिनुभयो ।

‘बुटवलबाट जेठ २९ गते पोखरा घुम्न आएकी भण्डारी होटलको छतबाट खसेर गम्भिर घाइते भएकी थिइन् ।’ बस्नेतले भने, ‘ होटलको छतबाट खसेर गम्भिर घाइते भएकी भण्डारीको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन् ।’

गत विहीबार दुई छोरा र श्रीमानसहित सरीता पोखरा घुम्न आएकी थिईन् । श्रीमान् अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा छन् ।

दुई छोरालाई मावलीबाट आफन्त आएर अर्को होटलमा राखेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline