बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News शेख हसिनालाई मुद्दाको सामनाका लागि फर्कन बंगलादेश युद्ध अपराध अदालतको आदेश

शेख हसिनालाई मुद्दाको सामनाका लागि फर्कन बंगलादेश युद्ध अपराध अदालतको आदेश

by sambridhaonline

असार ३ – बङ्गलादेशको युद्ध अपराध अदालतले सोमवार फरार पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधको आरोपमा मुद्दाको सामनाका लागि फर्कन आदेश दिएको छ।

सतहत्तर वर्षीया हसिना सन् २०२४ अगस्टमा विद्यार्थी नेतृत्वको जन विद्रोहको चरमोत्कर्षमा हेलिकप्टरबाट ढाका छोडेर भारत पुगेकी थिइन्। उनले बङ्गलादेश फर्कने प्रत्यर्पण आदेशको अवहेलना गरेकी छिन्।

संयुक्त राष्ट्रसङ्घका अनुसार हसिनाको सरकारले सत्तामा टिकिरहने असफल प्रयासमा दमनकारी कारबाही सुरु गर्दा सन् २०२४ जुलाई र अगस्टको बीचमा एक हजार चार सय जनाको मृत्यु भएको थियो।

हसिना र उनको पदच्यूत सरकार र उनको अहिले प्रतिबन्धित पार्टी अवामी लिगसँग जोडिएका पूर्ववरिष्ठ व्यक्तित्वहरूमाथि बङ्गलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आइसिटी) मा मुद्दा चलाइएको छ।

अभियोजकहरूले हसिनाविरुद्ध उक्साहट, उत्प्रेरणा, संलग्नता, सहजीकरण, षड्यन्त्र र सामूहिक हत्या रोक्न असफलतासहित पाँच आरोप दायर गरेका छन्। ती आरोप बङ्गलादेशी कानूनअनुसार मानवताविरुद्धको अपराधसम्म पुग्छन्।

हसिना फर्किन असफल भएमा जुन २४ मा उनको अनुपस्थितिमा मुद्दा सुरु हुनेछ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline