बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News एसइईको नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी

एसइईको नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी

by sambridhaonline

असार ३,पोखरा – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ।

बोर्डका अनुसार विद्यालय तहका शिक्षकहरू आन्दोलनमा उत्रिएपछि उत्तरपुस्तिका परीक्षण प्रक्रिया प्रभावित भएकाले यसपटक नतिजा गत वर्षको तुलनामा ढिलो हुने भएको हो।

अहिले भने उत्तरपुस्तिका परीक्षण अन्तिम चरणमा पुगेको बोर्डले जनाएको छ।

यसअघि बोर्डले परीक्षा सकिएको तीन महीनाभित्र नतिजा प्रकाशित गर्ने योजना बनाएको थियो। तर नेपाल शिक्षक महासङ्घको आन्दोलन र काठमाडौं केन्द्रित विरोध प्रदर्शनका कारण उत्तरपुस्तिका परीक्षण झन्डै एक महीनापछि मात्र सुरू भएको थियो।

नतिजा प्रकाशित भएलगत्तै विद्यार्थीहरूले बोर्डको आधिकारिक वेबसाइट र एसएमएस तथा मोबाइल एपमार्फत नतिजा हेर्न सक्ने बोर्डले जनाएको छ।

एसइई परीक्षा गत ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थीहरू सहभागी थिए ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline