शनिबार, साउन १६, २०८३
Saturday, August 1, 2026
Home Featured News त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा आज नेपाल र नेदरल्यान्ड्स खेल्दै

त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा आज नेपाल र नेदरल्यान्ड्स खेल्दै

by sambridhaonline

असार ५,पोखरा – स्कटल्यान्डमा चलिरहेको त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा आज नेपाल र नेदरल्यान्ड्स खेल्दैछन् । खेल ग्लास्गोमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ ।

यसअघि हिजोको खेलमा नेदरल्यान्ड्सले स्कटल्यान्डलाई १७ रनले हराएको छ । घरेलु टोली स्कटल्यान्ड, नेपाल र नेदरल्यान्ड्सबीच शृङ्खला भइरहेको हो ।

शृङ्खलाको पहिलो खेलमा आइतवार स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराएको थियो । सोमवार भएको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग तेस्रो सुपर ओभरमा पराजित भएको थियो । नेपालले आफ्नो दोस्रो खेलमा अस्ति स्कटल्यान्डलाई २ विकेटले हरायो ।

टी–२० शृङ्खलामा नेपालले अन्तिम खेल भोलि घरेलु टोलीसँग खेल्नेछ । तीन टोलीले डबल राउन्ड रोबिनमा एक अर्कासँग प्रतिस्पर्धा गरेपछि सर्वाधिक अङ्क हुने टोली शृङ्खलाको विजेता बन्नेछ ।

शृङ्खलामा नेदरल्यान्ड्सकाे ३ खेलमा ४ अङ्क छ भने समान खेलमा स्कटल्यान्डको २ अङ्क छ । नेपालको २ खेलमा २ अङ्क छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline