बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News नाबालिकामाथि सामूहिक करणीको आरोपमा तीन जना पक्राउ

नाबालिकामाथि सामूहिक करणीको आरोपमा तीन जना पक्राउ

by sambridhaonline

असार १२,पोखरा – नाबालिकामाथि सामूहिक रुपमा जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

गत जेठ २८ गते आफन्तको घरबाट घर फर्किदै गरेकी १४ वर्षिया नाबालिका ‘बागलुङ ३७’ (परिवर्तित नाम)लाई साँझको समयमा सामूहिक रुपमा जर्बजस्ती करणी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

जर्बजस्ती करणी गरेको आरोपमा पक्राउ पर्नेहरुमा जिल्लाको बडिगाड गाउँपालिका वडा नं. ८ का ३० वर्षिय याम प्रसाद श्रीस, सोही ठाउँका २५ वर्षिय गुणबहादुर श्रीस र ३५ वर्षिय झमु श्रीस रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिनुभयो। नाबालिकालाई जबरजस्ती करणी गरी लुकीछिपी बसिरहेको अवस्थामा प्रहरीले उहाँहरुलाई बडिगाडबाटै पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक आनन्द बस्नेत नेतृत्वको टोलीले नाबालिकालाई सामूहिक बलात्कार गरी फरार रहेका तीनै जनालाई सोमबार पक्राउ गरेको हो । प्रहरीले पीडित बालिकाको स्वास्थ्य परिक्षण रिपोर्ट, पीडितको बयान, जोहरी दरखास्त लगायतका प्रमाणहरुको आधारमा बागलुङ जिल्ला अदालतबाट जबरजस्ती करण गर्न नहुने कसुर मुद्दामा पाँच दिनको म्याद गरी अनुसन्धान गरिरहेको सूचना अधिकारी समेत रहेका प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline