मङ्लबार, बैशाख २२, २०८३
Tuesday, May 5, 2026
Home Featured News बाग्लुंगको बडिगाडमा बस र जिप एकआपसमा ठोक्किए ,पाँच जना घाइते

बाग्लुंगको बडिगाडमा बस र जिप एकआपसमा ठोक्किए ,पाँच जना घाइते

by sambridhaonline

असार १३,पोखरा – पश्चिम बागलुङको बडिगाड गाँउपालिका वडा नं. ७ भिमगिठेमा बस र पिकअप जिप एकआपसमा ठोकिंदा पाँच जना घाइते भएका छन् ।

विपरित दिशामा गुडिरहेका बस र पिकअप जिप एकआपसमा ठोकिंदा गलकोट नगरपालिका वडा नं. ८ का श्याम सुनार, नविन गलामी, टिकाराम कामी, अनिल श्रीस र विज्ञान गलामी घाइते भएका छन् । उनीहरुको अनुहार र हातमा चोट लागेकोले स्थानीय स्वास्थ्य संस्थामा उपचार चलिरहेको बडिगाड गाउँपालिकाका नगर प्रहरी हवल्दार कमल रानाले जनाकारी दिनुभयो ।

बुर्तिबाङबाट बुटवल जाँदै गरेको लु १ ख ८२८६ नम्बरको बस र गलकोटबाट बोबाङतर्फ जाँदै गरेको घ १ ज ४२० नम्बरको पिकअप जिप एक आपसमा ठोकिएका हुन् । प्रहरीले पिकअप चालक कृष्णबहादुर खत्री र बस चालक श्याम बहादुर रजौंलीलाई नियन्त्रणमा लिएको छ । बसमा नौ र जिपमा सात जना सवार थिए ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline