शनिबार, बैशाख १९, २०८३
Saturday, May 2, 2026
Home Featured News सात वर्षीया बालिकाको बलात्कारपछि हत्या, काका प्रहरी नियन्त्रणमा

सात वर्षीया बालिकाको बलात्कारपछि हत्या, काका प्रहरी नियन्त्रणमा

by sambridhaonline

असार १५,पोखरा – मोरङको धनपालथान गाउँपालिका– ५ बबियामा एक सात वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ।

शुक्रबार राति घर नजिकै सुतिरहेकी आत्तिका सरदारको शव शनिबार बिहान दुर्गा आधारभूत विद्यालय छेउको बाटोमा फेला परेको प्रहरीले जनाएको छ।

उनी आफ्ना काका अनिष सरदारसँगै सुतिरहेकी थिइन्। प्रहरीका अनुसार उनी राति करिब ३ बजेबाट बेपत्ता थिइन्। बालिकाका आमा–बुबा कामको सिलसिलामा भारत गएका थिए भने आत्तिका आफ्नी हजुरआमासँग थिइन्।

परिवारका सदस्यहरू सुतिरहेको बेला आत्तिका बेपत्ता भएको र खोजीका क्रममा शव बिहान ५ बजेतिर करिब सय मिटर पर फेला परेको प्रहरीले जनाएको छ।

मोरङ प्रहरीका अनुसार घटनास्थलको अवस्था हेर्दा बालिकामाथि बलात्कारपछि हत्या गरिएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। यद्यपि, पोस्टमार्टम रिपोर्ट नआउँदासम्म यकिन भन्न नसकिने बताइएको छ।

प्रहरीले बालिकाका काका अनिष सरदारलाई नियन्त्रणमा लिएको छ। उनी मदिरा सेवन गरेको पुष्टि भए पनि बलात्कार वा हत्या स्वीकार नगरेको प्रहरी स्रोतले जनाएको छ।

शवको पोस्टमार्टम विराटनगरस्थित कोशी अस्पतालमा गरिएको छ।

घटनाको अनुसन्धान तीव्र पारिएको प्रहरीले जनाएको छ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline