बिहिबार, बैशाख १७, २०८३
Thursday, April 30, 2026
Home Featured News तोकिएकै समयमा पोखरामा ३६ सय किलोलिटर भण्डारण क्षमताको हवाइ इन्धन डिपो निर्माण सम्पन्न

तोकिएकै समयमा पोखरामा ३६ सय किलोलिटर भण्डारण क्षमताको हवाइ इन्धन डिपो निर्माण सम्पन्न

by sambridhaonline

असार १९,पोखरा – नेपाल आयल निगम लिमिटेडले इतिहासमै पहिलो पटक सतप्रतिशत स्वदेशी सीप र पूँजीमा पोखरा अन्तराष्ट्रिय विमानस्थल परिसरमा ३ हजार ६ सय किलोलिटर क्षमताको हवाइ इन्धन डिपो निर्माण सम्पन्न गरेको छ । नेपाल आयल निगमले बिहिबार पत्रकार सम्मेलन गरेर उक्त हवाइ इन्धन डिपोबारे जानकारी गराएको हो ।

इन्जिनियरिङ अध्ययन संस्थान पुलचोकको सहयोगमा भ्याट बाहेक ७५ करोडको लागतमा निर्माण सम्पन्न भएको उक्त डिपोमा १२ सय किलोलिटर क्षमताका ३ वटा ठूला ट्याङ्की निर्माण गरिएको छ । डिपो सुरक्षामा उच्च सतर्कता अपनाउनका लागि १२ सय किलोलिटर क्षमताको अलग्गै पानी ट्यांकी र आगलागीको जोखिमलाई मध्यनजर गर्दै ४ हजार लिटर क्षमताको फोम स्टोरेज ट्यांकसमेत निर्माण गरिएको छ । यसलाई फायर फाइटिङको संरचनासँग आवद्ध गरिएकाले पानीको फोहोरासँगै फोम पनि मिसिएर प्रवाह हुने र तत्कालै आगो निभाउन सकिने निगमले जनाएको छ ।

पत्रकार सम्मेलनमा इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका सहायक डीन सुरज लामिछानेले वि.सं. २०८० साउन १ गतेदेखी निर्माणसुरु भएको परियोजना तोकिएको समयमै सकिएको जनाउँदै सतप्रतिशत नेपाली सीप र पूँजीमा स्थापना भएको यो डिपो ऐतिहासिक भएको बताउनुभयो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline