बुधबार, बैशाख १६, २०८३
Wednesday, April 29, 2026
Home Featured News सिङ्गापुरलाई २ विकेटले हराउँदै नेपालले जित्याे यू–१६ इस्ट जाेन कपकाे उपाधि

सिङ्गापुरलाई २ विकेटले हराउँदै नेपालले जित्याे यू–१६ इस्ट जाेन कपकाे उपाधि

by sambridhaonline

असार २१,पोखरा – सिङ्गापुरलाई हराउँदै नेपालले एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ । प्रतियाेगितामा नेपाल अपराजित रहँदै विजेता बनेकाे हाे ।

सिङ्गापुरले दिएको १ सय १४ रनको लक्ष्य नेपालले २९ ओभरमा ८ विकेट गुमाएर भेटायो । नेपालका जोए थापाले नटआउट २४ रन बनाए । सिङ्गापुरका कपिश वेन्कटरमनले ४ विकेट लिए ।

नेपालले ५८ रनमा ५ विकेट गुमाएको अवस्थामा जोए थापा र शुभम् खनालले छैटौं विकेटका लागि ३३ रनको साझेदारी गरे । यस्तै नेपालले ९२ रन बनाउँदा ८ विकेट गुमाएको अवस्थमा जोए थापा र अभय यादवले नवौं विकेटका लागि नटआउट २५ रनको साझेदारी गरे ।

यसअघि मलेशियाको बाङ्गीमा टस जितेर ब्याटिङ गरेको सिङ्गापुर ४० ओभर ५ बलमा १ सय १३ रन बनाउँदा अलआउट भयो । सिङ्गापुरका रोहन अस्टिन अरुणले सबैभन्दा धेरै २३ रन बनाए । नेपालका सुशीलबहादुर रावल र अभय यादवले ३/३ विकेट लिए । यस्तै शुभम् खनालले २ र कप्तान विपिनप्रसाद शर्माले १ विकेट लिए ।

सेमिफाइनलमा नेपालले मलेशियालाई र सिङ्गापुरले हङकङलाई हराएका थिए । नेपाल १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटको साविक विजेता टोली हो । नेपाल १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटको साविक विजेता टोली हो ।

यस्तै हङकङलाई ५ विकेटले हराउँदै आयोजक मलेशिया प्रतियोगितामा तेस्रो भएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline