असार २५,पोखरा – पोखरा महानगरपालिका वडा नं. १४ चाउथेबाट लागू औषधसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पोखरा– ३२ घर भई हाल पोखरा– १४ चाउथे बस्ने वर्ष ३२ को विकास न्यौपाने रहेका छन् ।
सोमबार दिउँसो साढे ३ बजे चाउथेमा लागू औषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको प्रहरी टोलिले उनलाई पक्राउ गरेको हो ।
प्रहरीले उनको घरकोठा खानतलासी गर्दा झोलामा लुकाई छिपाई राखेको लागू औषध ब्रुफिन नुर्फिन- २६ एम्पुल, डाईजेपाम– २६ एम्पुल र फेनेरागन– २६ एम्पुल गरी जम्मा- ७८ एम्पुल र मोवाईल फोन १ थान फेलापारी बरामद गरेको जनाएको छ ।
पक्राउ परेका उनलाई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएका प्रहरीले जनाएको छ ।