बिहिबार, बैशाख १७, २०८३
Thursday, April 30, 2026
Home Featured News रसुवामा हिजोको बाढीमा हराएकाहरूको खोजी चल्दै

रसुवामा हिजोको बाढीमा हराएकाहरूको खोजी चल्दै

by sambridhaonline

असार २५, पोखरा – नेपाल–चीन सिमानाको ल्हेन्दे खोलामा हिजो बिहान आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी खोलाको पुल बगाउनुका साथै रसुवागढी नाकामा नेपालबाट जाने बाटो पनि नदीले बगाउँदा दुवैतर्फबाट सम्पर्क टुटेको छ ।

बाढी पहिरोका कारण गोसाइँकुण्ड गाउँपालिका–२ मा पर्ने रसुवागढी, टिमुरे, घट्टेखोला क्षेत्रमा विद्युत् अवरुद्ध हुनुका साथै टेलिफोन सेवाले समेत काम गरेको छैन । बाटो र पुल बगाएकोले तत्काल रसुवागढी नाकामा पुग्नसक्ने अवस्था छैन ।

यसैबीच नेपाल प्रहरीले रसुवामा आएको बाढीपछि बेपत्ता भएकाहरूकाे खोजी गरिरहेको छ । रसुवाबाट बगाएका व्यक्तिको शव चितवनमा फेला परेपछि त्रिशूली नदी किनार तथा नारायणी नदीसम्म तथा विभिन्न जिल्लामा खोजी भइरहेकाे बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिनुभयो ।

अहिलेसम्म नौ जनाको शव भेटिएकोमा पाँच जनाको पहिचान भएको छ । बाढीमा १९ जना हराएका थिए ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline