बिहिबार, बैशाख १७, २०८३
Thursday, April 30, 2026
Home Featured News गण्डकीमा ३ सय ८४ जनामा डेङ्गु संक्रमण

गण्डकीमा ३ सय ८४ जनामा डेङ्गु संक्रमण

by sambridhaonline

असार २५,पोखरा – गण्डकी प्रदेशमा गत पुसदेखि हालसम्म ३ सय ८४ जनामा डेङ्गु रोगको संक्रमण देखिएको छ। गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार जनवरी देखि हाल सम्म ३ सय ८४ जनामा डेङ्गु रोगको संक्रमण देखिएका हो ।

आईतबारसम्मको तथ्याङ्कअनुसार गण्डकी प्रदेशको ११ वटा जिल्लामध्ये सबै भन्दा धेरै संक्रमित कास्की जिल्लामा २ सय १ जना रहेका छन् । सबैभन्दा कम बाग्लुङ् र नवलपुरमा ४/४ जनामा संक्रमण देखिएको छ ।
त्यसैगरी तनहूँ मा ६१ जना, लमजुङमा ४७ जना, गोर्खामा ३८ जना, स्याङ्जामा १५ जना, म्याग्दीमा ७ जना र पर्वतमा ७ जनामा संक्रमण देखिएको छ। हिमाली जिल्ला मनाङ र मुस्ताङमा भने डेङ्गु संक्रमित संख्या शुन्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म देशका ७३ जिल्लामा डेङ्गु रोगको सङ्क्रमण फैलिइसकेको छ ।

महाशाखाले यस वर्ष ६० हजारभन्दा बढीमा डेङ्गु सङ्क्रण हुने चेतावनीसहित सतर्कताका लागि अनुरोध गरिरहेको छ । साउनदेखि कात्तिकसम्म डेङ्गु सङ्क्रमणको जोखिम उच्च रहने भएकाले त्यसपूर्व नै सङ्क्रमण रोकथाम तथा व्यवस्थापनका लागि तीनै तहका सरकारले तयारी सुरु गरिसकेका छन् ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline