बिहिबार, बैशाख १७, २०८३
Thursday, April 30, 2026
Home Featured News पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ

पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ

by sambridhaonline

असार २७,पोखरा – पोखरामा बसमा सवार महिलाले घाँटिमा लगाएको सुनको सिक्री चोरी गरी फरार रहेका २ जना काठमाडौंबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका ६ घर भइ हाल काठमाडांै गोकर्णेश्वर नगरपापालिका ४ बस्ने वर्ष २८ को अन्जन तामाङ र वर्ष ३२ को सुरेश तामाङ रहेका छन् ।

प्रहरीका अनुसार २९ चैत्र २०८१ मा साँझ सवा ५ बजे अम्मरसिंह चोकबाट लेखनाथ तर्फ जाँदै गरेको बसमा सवार एक जना महिलाले घाँटिमा लगाएको २ तोलाको सुनको सिक्री पोखरा महानगरपालिका १० शिवचोक पुग्दा सोही बसमा सवार उनीहरुले उक्त सिक्री चोरी तथा लुटपाट गरी फरार रहेका थिए ।

उक्त सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट प्रहरी परिचालन भई अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धान गर्दै जाँदा घटनामा संलग्न उनीहरुलाइ यही असार २५ गते बुधबार जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौंको सहयोगमा काठमाडौं ४ बाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा ६ दिन म्याद थप गरी विस्तृत अनुसन्धान प्रकृया अगाडी बढाइएको जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline