बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News बागलुङमा पाँच महिनाको अवधिमा ३४ जनाले गरे आत्महत्या, अबस्था डरलाग्दो

बागलुङमा पाँच महिनाको अवधिमा ३४ जनाले गरे आत्महत्या, अबस्था डरलाग्दो

by sambridhaonline

असार ३१,पोखरा – जिल्लामा पाँच महिनाको अवधिमा ३४ जनाले आत्महत्या गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का प्रतिनिधि अमृत बास्कुनेले मानवअधिकार उल्लंघन र ज्यादतीका घटनाको तथ्यांक सार्वजनिक गरेपछि झस्किएका सरोकारवालाहरुले आत्महत्या न्युनिकरणका लागि सहकार्यको आवश्यकता औल्याएका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) तिलक भारतीका अनुसार, आर्थिक वर्ष २०८१/८२ को साउन १ गतेदेखि जेठ मसान्त सम्ममा ४९ जनाले आत्महत्या गरेकोमा पछिल्लो छ महिनामै ३४ जनाले आत्महत्या गरेका छन् । आर्थिक वर्ष २०७९/८० मा ५४ जना, २०८०/८१ मा ६० जनाले आत्महत्या गरेका थिए । चालु आर्थिक वर्षमा जिल्लामा १९ वटा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटना भएका छन् ।

इन्सेक वर्ष पुस्तक समिक्षा कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले विगतको अवस्था हेर्दा जिल्लामा बालबिबाह र लागुपदार्थको बढी प्रयोग तथा आत्महत्याका घटनाहरु बढेको बताउनुभयो । इन्सेकले मानवअधिकारको क्षेत्रमा उठाएका सवालले राज्यको निकायलाई चनाखो हुन बाध्य पारेको थापाको भनाई थियो ।

‘‘आत्महत्याको दर बढी देखिए पनि किन आत्महत्या हुन्छ र यसलाई कसरी कम गर्न सकिन्छ भन्नेतर्फ सचेत हुँदै मनोपरामर्शको सल्लाह अनुरुप योजना बनाउन ढिला गर्नुहुँदैन’’ थापाले भन्नुभयो । बालबालिकालाई अभावको अनुभव नै नहुने भएकाले अभाव सृजना नगराउँदाको परिणाम आत्महत्या जस्ता अप्रिय घटनाहरु हुने गरेको उहाँको धारणा थियो । आत्महत्या बढ्नुको कारण बिलासिता बढ्ने, बाबुआमासँग टाढा रहने, आवश्यकताको परिपूर्ति सहज तरिकाले नहुनु पनि कारण रहेको थापाले बताउनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले आत्महत्यालाई न्यूनिकरण सबैको साझा सरोकार बन्नुपर्ने बताउनुभयो । सन्तुलित जीवन भयो भने यस्ता घटनाहरु कम हुदै जाने भएकाले जिल्ला समन्वयको अगुवाइमा योजना बनाएरै आत्महत्या निरुत्साहनका लागि प्रयास गर्नेतर्फ सचेत हुनुपर्ने प्रजिअ गुरुङको भनाई थियो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline