सोमवार, कार्तिक २५, २०८२
Monday, November 10, 2025
Home Featured News पोखरामा बोलबमको तयारी तीव्र, पैदल यात्रामै सहभागी भइदिन आग्रह

पोखरामा बोलबमको तयारी तीव्र, पैदल यात्रामै सहभागी भइदिन आग्रह

by sambridhaonline

आसार ३१,पोखरा – श्रावण महिनमको प्रत्येक सोमबार पोखरामा बिगत २४ बर्षदेखि हुदै आएको बोलबमको तयारी तीव्र बनाइएको छ । यस वर्षको श्रावण महिनामा चार वटा सोमबार परेको र यी दिनमा हुने बोलबमको तयारी अन्तिम चरणमा पुगेको आयोजक केदारेश्वर महादेव मणि सेवाश्रम समिति बैदामले जनाएको छ ।

श्रावणको ५, १२, १९ र २६ गते सोमबार परेको छ । यी चार दिनमा पोखरा १ बगरको शुक्लागण्डकी गाइघाटमा पुगेर १०८ धारामा स्नान गरी सेती नदीको जल लिएर झाँकी, बाजागाजा, भजनकीर्तन गर्दै करिब आठ किमिको दूरी पैदलयात्रा गरेरै केदारेश्वरमा जलार्पण गर्ने गरिन्छ ।

यी दिनमा भक्तजनलाई ठाउँठाउँमा सर्वतपानी तथा मन्दिरमा प्रसादको व्यवस्था गरिएको छ । ‘बोलबमको नाराले, शान्ति पाउन् साराले’ भन्ने मूल मन्त्रका साथ हुने कार्यक्रम साउनका चार वटै सोमबार चल्ने बोलबम संयोजक शंकर खरालले जानकारी दिए ।

श्रावणमा भगवान् शिवको आराधना गर्दै ज्योतिर्लिङ्गमा गंगाजल र बेलपत्र जस्ता सामग्रीले पूजा गरे मनोकांक्षा पूरा हुने जनविश्वास छ । बोलबमको महत्व र केदारेश्वरको छुट्टै महिमा छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline