बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News आज कोशी र गण्डकीका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

आज कोशी र गण्डकीका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

by sambridhaonline

साउन ३,पोखरा – आज कोशी र गण्डकीका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

विशेषगरी आज रातिदेखि कोशी र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्वका इलाम र झापासहित केही ठाउँमा गएराति पनि ठूलो पानी परेको थियो । कोशी, बागमती र कर्णालीका एक/दुई ठाउँमा अहिले पनि हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

अहिले देशभर मनसुनी वायुको प्रभाव छ । आज दिउँसो देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ । कतै कतै हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

मौसमविद् उज्ववल उपाध्यायका अनुसार भोलि दिउँसोदेखि पर्सि सोमवार बिहानसम्म देशभर ठूलो वर्षा हुन सक्ने सम्भावना छ ।

कोशी, बागमती र गण्डकी जलाधार क्षेत्रमा अत्यधिक पानी पर्नसक्ने भएकाले पर्सि सोमवारसम्म सकभर लामो दूरीको यात्रा नगर्न पनि उहाँको सुझाव छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline