बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News पोखरामा छात्रवृत्ति पारदर्शी बनाउन र भर्ना शुल्क लिनेलाई कारबाही गर्न नेविसंघको माग

पोखरामा छात्रवृत्ति पारदर्शी बनाउन र भर्ना शुल्क लिनेलाई कारबाही गर्न नेविसंघको माग

by sambridhaonline

साउन ०२,पोखरा – नेपाल विद्यार्थी संघ (नेविसंघ) पोखरा महानगरपालिका कार्यसमितिले पोखराका विद्यालय तथा क्याम्पसहरूमा लिइने भर्ना शुल्क, शैक्षिक शुल्क र छात्रवृत्ति वितरणमा देखिएको समस्याप्रति ध्यानाकर्षण गराएको छ ।

अध्यक्ष विपिन पौडेलले विज्ञप्ति जारी गर्दै शैक्षिक सत्र २०८२ का लागि विद्यार्थीबाट आएका गुनासोहरूलाई सम्बोधन गर्न पोखरा महानगरपालिका शिक्षा महाशाखासँग माग गरेका हुन् । आफ्ना मागहरू तत्काल सम्बोधन नगरिए शैक्षिक आन्दोलन गर्ने उनको चेतावनी छ । पोखराका सम्पूर्ण शिक्षण संस्थाले कुल विद्यार्थी संख्याको १० प्रतिशत जेहेन्दार तथा गरिब विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिनुपर्ने र त्यसको विवरण सार्वजनिक गर्नुपर्ने, एक पटक भर्ना भइसकेका विद्यार्थीसँग अर्को शैक्षिक सत्रमा पुनः भर्ना शुल्क लिन नपाइने र अतिरिक्त क्रियाकलापका नाममा कुनै पनि शुल्क उठाउन नहुने माग नेविसंघको छ ।

यस्तै, सामुदायिक विद्यालयहरूमा संविधानप्रदत्त निःशुल्क शिक्षाको हक कार्यान्वयन गर्दै कक्षा १२ सम्म लिइँदै आएको भर्ना तथा मासिक शुल्क पूर्ण रूपमा बन्द गरिनुपर्ने विज्ञप्तिमा छ । ‘हाम्रा मागहरू सम्बोधन नगरिए विभिन्न शैक्षिक आन्दोलनका कार्यक्रमहरू तय गरिनेछ र आवश्यक परे महानगरभित्रका विद्यालय बन्द समेत गरिनेछ, विज्ञप्तिमा भनिएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline