शनिबार, बैशाख ५, २०८३
Saturday, April 18, 2026
Home Featured News भेरी नदीमा टिपर खस्यो,चालकसहित तीन जना बेपत्ता

भेरी नदीमा टिपर खस्यो,चालकसहित तीन जना बेपत्ता

by sambridhaonline

साउन ७,पोखरा – भेरी नदीमा टिपर खस्दा चालकसहित तीन जना बेपत्ता भएका छन् । रा १ क १५०१ नम्बरको टिपर गएराति रुकुमपश्चिमको आठबीसकोट–१४ पिपलचौरबाट भेरी नदीमा खसेको इलाका प्रहरी कार्यालय रिम्नाका प्रहरी नायब निरीक्षक शिउकुमार चौधरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नदीमा बेपत्ता भएकाहरुको खोजीका लागि रुकुमपश्चिम र जाजरकोटको प्रहरी टोली खटिएको छ । उनीहरुको नाम/ठेगाना खुल्न सकेको छैन ।

भेरी नदीमा पानीको बहाव अत्यधिक भएकाले खोजीमा समेत समस्या भइरहेको छ । नदीमा खसेको टिपर भेरी करिडोरको कामका लागि प्रयोग हुँदै आएको थियो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline