बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News शिशु हत्या प्रकरणमा शिशुका बाबु भन्छन-“पैसाको अभावले पालनपोषण गर्न गाह्रो हुने देखेर दुई मुक्का टाउकोमा प्रहार गरे घाटी थिचेर मैले मारेको हो ।”

शिशु हत्या प्रकरणमा शिशुका बाबु भन्छन-“पैसाको अभावले पालनपोषण गर्न गाह्रो हुने देखेर दुई मुक्का टाउकोमा प्रहार गरे घाटी थिचेर मैले मारेको हो ।”

by sambridhaonline

साउन ७,पोखरा – गत वर्षको असोज १२ गते पोखरा १४ चाउथेमा एक नवजात शिशु मृत अवस्थामा फेला प¥यो । पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठानबाट १२ गते डिस्चार्ज भइ गएको एक दम्पतिले शिशुु बनिरहेको पृथ्वीराजमार्गको खाल्डोमा फालेर हिंडेका थिए । तत्काल प्रहरी अनुसन्धानबाट नुुवाकोट बेलकोट वडानम्बर ९ घर भएका गोविन्द लामिछाने र सुुभद्रा लामिछानेको बच्चा रहेको खुल्यो । उनीहरु चाउथेमै बस्दै आएको भन्ने कुरा पनि आयो तर प्रहरीले फेला पार्न सकेन ।

नवजात शिशु त्यसरी फालेर हिड्नेको पहिचाननै सक्कल हो वा नक्कल भन्नेमा प्रहरी पनि सशंकित थियो । तथापि, प्रहरीले दुवै पक्षबाट अनुसन्धान थाल्यो तर, हत्या गर्ने व्यक्ति भेटेन । शिशुको हत्या गर्ने ती दुईले यतिसम्म गरेका थिए कि, अस्पतालको विवरणमा र शिशुको जन्मदर्तामा फरक नाम राखेका थिए । यसरी फरक नाम राख्दा प्रहरीले हाडनाताको सम्बन्ध रहेकोसमेत अनुमान लगायो । सुभद्रा असोज ११ गते भर्ना भएको र १२ गते डिस्चार्ज भएर निस्कीएकी थिइन् ।

अहिले पुनः अस्पतालमा सुत्केरी भएर पुगेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पोखरामा लुकीछुपी १० महिना बसेपछि शुभद्रालाई सुत्केरी वेथा लागेपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार पुगेका थिए । अस्पतालमा डेलिभरिका लागि नै आएको गोप्य सूचनापश्चात प्रहरीले तत्कालै बैठक बसी पुनः बच्चको हत्या हुन सक्ने अनुमानसमेत गर्दै सचेत हुँदै पक्राउ गर्न सफल भएको हो । गोविन्दले शिशुको हत्या तत्काल आफुहरुसँग पैसा नभएको र पाल्न नसक्ने भन्दै टाउकोमा प्रहार गर्दै घाटी थिचेर हत्या गरेको बयान दिएका दिए पनि यसमा हाडनाता जोडिन सक्ने अनुमान छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline