शनिबार, बैशाख ५, २०८३
Saturday, April 18, 2026
Home Featured News आज साउन दोस्रो सोमबार, केदारेश्वरसहित देशभरका शिवालयमा घुँईचो

आज साउन दोस्रो सोमबार, केदारेश्वरसहित देशभरका शिवालयमा घुँईचो

by sambridhaonline

साउन १२,पोखरा – आज साउन महिनाको दोस्रो सोमबार, काठमांडौको पशुपतिनाथ मन्दिर, पोखराको केदारेश्वर महादेवमणि मन्दिर, तनहुँको देवघाटधामसहित अधिकांश शिवालयहरुमा जल चढाउने र पूजा गर्नेहरुको बिहानैदेखि घुइँचो लागेको छ। आज पहेँलो बस्त्र धारण गरेका बोलबम तीर्थयात्रीहरु खालि खुट्टा पैदल हिड्दै शिवालयमा जल चढाउने गर्छन् ।

साउन महिनाको सोमबार शिवको पवित्र बार हुने भन्दै शुद्ध जल र दूध चढाएर पूजा गर्ने चलन छ । हरेक साउन महिनाको सोमबार दान, स्नानसहित शिवको पूजा गर्नाले पाप नष्ट हुने, परिवारका सदस्यको दिर्घायू हुने र सुख शान्ति मिल्ने धार्मिक विश्वास छ । यसरी पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । साउने सोमबारलाई अत्यन्त शुभ मानिन्छ । यस वर्षको साउन महिनामा चार सोमबार परेका छन् ।

यसवर्ष श्रावण महिनाको ५, १२, १९ र २६ गते सोमबार परेको छ । हरेक सोमबारमा व्रत बसेर महिला र पुरुषहरुले शिवको भक्तिपूर्वक पूजा गर्छन् । हरियो, पहेंलो र रातो पहिरनमा सजिएका व्रतालुको घुइँचो शिवालयहरुमा देख्न सकिन्छ । सोमबारको दिन राखिने ब्रतलाई सोमेश्वर व्रतको नामले जानिन्छ । यसको आफ्नो धार्मिक महत्व हुन्छ । यसदिन चन्द्रमाको पूजा पनि गरिन्छ ।

पोखरामा बिगत २४ बर्षदेखि हुदै आएको बोलबम पदयात्रा साउनको दोस्रो सोमबार अर्थात आज पनि हुँदै छ । आज भक्तजनहरुले पोखरा १ बगरको शुक्लागण्डकी गाइघाटमा पुगेर १०८ धारामा स्नान गरी सेती नदीको जल लिएर झाँकी, बाजागाजा, भजनकीर्तन गर्दै करिब आठ किमिको दूरी पैदलयात्रा गरेरै केदारेश्वर महादेवमणि मन्दिरमा जलार्पण गर्दैछन्।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline