शुक्रबार, बैशाख १८, २०८३
Friday, May 1, 2026
Home Featured News नेष्डो समृद्धका नव नियुक्त प्रमुख कार्यकारी अधिकृतको एक समारोहका विच सपथ ग्रहण सम्पन्न

नेष्डो समृद्धका नव नियुक्त प्रमुख कार्यकारी अधिकृतको एक समारोहका विच सपथ ग्रहण सम्पन्न

लघुवित्त क्षेत्रमा विद्यमान समस्या सामुहिक एकता र रणनीतिक सोचको साथ समाधान गर्नुपर्नेमा जोड

by sambridhaonline

साउन २७,पोखरा – नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लि. को नवनियुक्त प्रमुख कार्यकारी अधिकृतको हिजो एक समारोहका विच सपथ ग्रहण भएको छ । संस्था सञ्चालक समितिको मिति २०८२ असार १५ गते सम्पन्न वैठकले अशोक कुमार आचार्यलाई आगामी चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्ती गरेको थियो । संस्था सञ्चालक समितिका अध्यक्ष सावित्री खत्री क्षेत्री लामिछानेले नव नियुक्त सिईओ आचार्यलाई एक समारोहका विच सपथ ग्रहण गराउनु भएको हो ।

सपथ ग्रहण समारोहमा वधाई तथा शुभकामना मन्तव्य राख्दै नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईले लघुवित्त क्षेत्रमा हाल धेरै चुनौतीहरु रहेको भन्दै यि चुनौतीको सामना गर्न भावनात्मक रुपमा एक भएर रणनीतिक रुपमा कार्य गर्नुपर्ने वताउनु भयो । उहाँले नेष्डो समृद्ध मात्र नभै समग्र लघुवित्त क्षेत्रको संरक्षणको लागि आँफू सदा साथ र सहयोग दिन तयार रहेको भन्दै नयाँ कार्यकारी प्रमुखसंगै नेष्डो समृद्धमा नयाँ आयामको शुरुवात हुने विश्वास व्यक्त गर्नु भयो । कार्यक्रममा नवनियुक्त कार्यकारी प्रमुखले आँफ्नो क्षमताले भ्याएसम्म नेष्डो समृद्धको शाक वचाउन लागि पर्ने वताउनु भयो ।

कार्यक्रम संस्थाका अध्यक्ष सावित्री खत्री क्षेत्री लामिछानेको अध्यक्षता, वरिष्ठ प्रवन्धक युधिष्ठिर भुषालको स्वागत एवम् सहायक अधिकृत ईश्वरी प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको समृद्ध सहकर्मी खिममायाँ पाईजा गिरीले जानकारी दिनु भएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline