शुक्रबार, बैशाख १८, २०८३
Friday, May 1, 2026
Home Featured News देशभर उच्च बर्षा,आज ४० जिल्लामा बाढीको मध्यम जोखिम

देशभर उच्च बर्षा,आज ४० जिल्लामा बाढीको मध्यम जोखिम

by sambridhaonline

साउन २९,पोखरा – आज ४० जिल्लामा बाढीको मध्यम जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज सुदूरपश्चिम प्रदेशका डडेलधुरा, डोटी, बझाङ, बाजुरा, कैलाली, कञ्चनपुर, दार्चुला, बैतडीमा बाढीको मध्यम जोखिम रहेको छ ।

त्यस्तै कर्णाली प्रदेशका रुकुम पश्चिम, सल्यान, जाजरकोट, कालीकोट, डोल्पामा बाढी आउन सक्ने महाशाखाले चेतावनी दिएको छ ।

महाशाखाका अनुसार आज लुम्बिनी प्रदेशका रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, दाङ, बाँके, बर्दिया, रोल्पा तथा गण्डकी प्रदेशका गोरखा, लमजुङ, पर्वत, कास्की, बाग्लुङमा पनि बाढी आउन सक्ने सम्भावना रहेको छ ।

आज बागमती प्रदेशको रामेछाप, दोलखा, सिन्धुपाल्चोकमा पनि बाढी आउन सक्ने सम्भावना रहेको छ ।

त्यस्तै कोशी प्रदेशका इलाम, झापा, पाँचथर, मोरङ, तेह्रथुम, धनकुटा, ताप्लेजुङ, सङ्खुवासभा, उदयपुरमा बाढी आउन सक्ने सम्भावना छ ।

बाढीको जोखिम जिल्ला तथा आसपास भएर बहने खोला तथा नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखा आग्रह गरेको छ ।

यसैबीच आज मनसुन पूर्वमा भन्दा पश्चिममा सक्रिय भएको छ । आज दिउँसो गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भागका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मधेश प्रदेश र अरू केही ठाउँमा मध्यम खालको पानी पर्नेछ ।

राति गण्डकी प्रदेशका पहाडी तथा तराईलगायत बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागका केही ठाउँमा मध्यम पानी पर्ने महाशाखाले जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline