शुक्रबार, बैशाख १८, २०८३
Friday, May 1, 2026
Home Featured News अवैध उत्खननमा संलग्न तीन सवारीसाधन प्रहरीको नियन्त्रणमा

अवैध उत्खननमा संलग्न तीन सवारीसाधन प्रहरीको नियन्त्रणमा

by sambridhaonline

साउन २९,पोखरा – नदिजन्य पदार्थको अवैध उत्खनन र ओसारपसारमा संलग्न सवारीसाधन नियन्त्रणमा परेका छन् ।

गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय जयपते, प्रहरी चौकी बिर्घा र प्रहरी चौकी पिडीखोलाबाट खटिएको संयुक्त प्रहरी टोलीले गल्याङ नगरपालिका –५ को ठुलोखोला र मोहनडाँडा क्षेत्रमा अवैध उत्खनन् गरिरहेको अवस्थामा तीनवटा सवारीसाधन नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा परेका सवारी साधनहरूमा लु १ क ५१८५ नम्बरको टिप्पर, लु १ क ५१८६ नम्बरको टिप्पर र प्र ३ ०१००३ क ७१२९ नम्बरको स्काभेटर रहेका छन् ।

नियन्त्रणमा लिइएका साधनहरूलाई २०८२ भदौ २८ गते वडा प्रहरी कार्यालय वालिङमार्फत आवश्यक कारबाहीको लागि गल्याङ नगरपालिकाको कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभयो ।

प्रहरीले नदिजन्य पदार्थको अवैध उत्खनन र ओसारपसार रोक्न नियमित अनुगमन र कडाइका साथ कारबाही अघि बढाइने जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline